मिति : २०८२ ज्येष्ठ १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

ज्योतिष शास्त्रलाई मान्दै गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/08/26

नेपाली फिल्मकर्मीहरूमा ज्योतिष शास्त्र प्रतिको विश्वास दिन प्रतिदिन बढ्दै गईरहेको पाईन्छ । फिल्म निर्माण तथा प्रदर्शन गर्नु पूर्व साईत जुराउन र सफलताको अंकलन गर्न तथा ग्रह काट्नका लागि फिल्मकर्मीहरू आजभोली ज्योतिषको शरणमा धाउन थालेका निकै उदाहरण छ । यहि क्रममा रिलिजको क्रममा रहेको फिल्म 'मेरो जीवन साथी' का निर्माता पनि ज्योतिषले भने बमोजिमले काम शुरू गरेका छन् ।

 

युवा ज्योतिष हरिहर अधिकारीले 'मेरो जीवन साथी' का निर्माता सूर्य कार्कीलाई आजको दिनबाट फिल्मको औपचारिक रूपमा पब्लिसिटी गरे राम्रो हुने बताए । ज्योतिषको आग्रह बमोजिम निर्माता कार्कीले आज आईतवारबाट फिल्मको औपचारिक पब्लिसिटी शुरू गरिएको जानकारी गराउँदै दुई वटा अडियो गीत अफिसियल रूपमा फिल्मीखबर मार्फत सार्वजनिक गरे ।

 

अर्जुन पोखरेलको संगीत रहेको सार्वजनिक गीत मध्येको 'तिमी सँग रिसाएर...' बोलको शिर्ष गीतमा दयाराम पाण्डेको शब्द रचना रहेको छ भने स्वर अञ्जु पन्त र सत्यस्वरूपको रहेको छ । यस्तै नरेश भट्टराईले लेखेको 'उत्तरै बग्ने त्यो काली नदी...' बोलको गीतमा राजेश पायल राई र दुर्गा खरेलले स्वर दिएका छन् । तिमी सँग रिसाएर बोलको भिडियो गीत भने भोली रिलिज गर्ने तयारीमा छन् निर्माता कार्की ।

 

दिवाकर भट्टराईले निर्देशन गरेको प्रेमकथानक सो फिल्ममा राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, रागिनी खड्गी तथा शिबन अधिकारीको मुख्य अभिनय रहेको छ । सामिप्य तिमल्सिनाको पटकथा तथा संवाद रहेको सो फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् । फिल्मलाई मंसिर १५ गते रिलिज गर्ने बताईएको छ ।

 

मेरो जीवन साथीको अडियो गीत सुन्न यहाँ क्लिक गर्नुहोला - http://www.filmykhabar.com/audio/Mero Jeevan Sathi