मिति : २०८२ ज्येष्ठ १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकास बोर्डबाट गणेश भण्डारीको राजिनामा !

फिल्मीखबर, काठमाण्डौ, 2012/08/26

राजनीतिक कारण देखाउदै चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले राजिनामा दिने भएका छन् । एकिकृत माओवादी विभाजित भएसंगै उत्पन्न किचलोले भण्डारीको कुर्सीमा पनि ठक्कर लागेको हो । यो पटकको दोस्रो कार्यकाल १३ महिना पुर्‍याएका भण्डारीले मंगलबार सम्ममा राजिनामा दिने निश्चित भएको छ ।


'पार्टी भित्र देखिएको विवादका कारण आन्दोलनमा लाग्नु पर्ने भएकाले मैले राजिनामा पेश गर्न लागेको हुँ', भण्डारीले फिल्मीखबरसंगको कुराकानीमा भने ।  माओवादी कोटाबाट दुई पटक बोर्ड अध्यक्ष आफ्नो पोल्टामा पारेका उनले अघिल्लो कार्यकालको ७ महिना सम्म उक्त पदमा रहँदा निकै प्रशंशा बटुलेका थिए तर दोस्रो कार्यकालको ६ महिना पश्चात उनका निर्णय र योजनाहरु कमजोर भएपछि उनले तीब्र आलोचना खेपेका थिए ।


भण्डारीले राजिनामा पेश गरेको केही दिन पश्चात पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भएका २४ बुँदे उपलब्धी सार्वजनिक गर्ने पनि तयारी गरेका छन् । उनी सो पदबाट मुक्त हुनासाथ क्याविनेटले नयाँ डिसिजन नगरून्जेल सदस्य सचिव धनराज ज्ञावालीले बोर्डको नेतृत्व गर्नेछन् । यस्तै फिल्मीखबरलाई प्राप्त खबर अनुसार बोर्ड अध्यक्ष हुनका लागि तीन जनाले लविङ सुरु गरेका छन् । लविङ गर्नेमा संगीतकार लक्ष्मण शेष, निर्माता प्रदीप उदय र सञ्चारमन्त्री राजकिशोर यादवका कानुनी सल्लाहकार सुरेश कार्की छन् ।

 

समग्र फिल्म उद्योगका सर्वश्रेष्ठ निकाय बिकास बोर्डमा जानका लागि सुरेश गैर चलचित्रकर्मी हुन् जसकारण उनले राजनीतिक पावर युज गरेको खण्डमा उनी प्रतिको समर्थन शून्य हुने करिब निश्चित छ । 'म जाने भन्ने कुरा चाहि अलिअलि उठेको हो तर निश्चित भएको छैन यदि म भईन भने उक्त पदमा अन्य कोही फिल्मकर्मी भए म स्वागत गर्छु तर गैर फिल्मकर्मी भए मेरो विरोध हुने छ', संगीतकार शेषले फिल्मीखबरसंगको कुराकानीमा भने ।


यसैगरी विवादास्पद अवस्थामा रहेका विकास बोर्डका सदस्य निलहरी काफ्लेले पनि गैर चलचित्रकर्मी नियूक्त भएको दिन आफूले उक्त पदबाट राजिनामा दिने बताएका छन् । उता एक महिने यूरोप भ्रमणमा रहेका निर्माता प्रदीप उदयले आफ्नो राजनीतिक पावरलाई पूरै प्रयोग गर्दै बोर्ड अध्यक्ष हुने कसरत गरेको खबर प्राप्त भएको छ ।