
साढे पाँच दशकको रंगकर्मका सम्पूर्ण उतार चढावलाई समेट्दै बरिष्ठ चरित्र अभिनेत्री शुभद्रा अधिकारीले आत्मबृतान्त लेखेकी छिन् । २१ बर्षे नातीको सहयोगमा उनले महिनौं लगाएर आफ्नो आत्मबृतान्त तयार गरेकी हुन् ।
'अब छापिन मात्र बाँकी छ सवै पुरा भईसक्यो', फिल्मीखबरको भेटमा शुभद्राले भनिन्- '३ प्रतिशत चाहि मैले लेखिन बाँकी सवैकुरा जस्ताको त्यस्तै लेखेको छु ।' उनले आफ्नो जिवनकालमा घटेका ९७ प्रतिशत घटनालाई आत्मबृतान्तमा हुवहु उतारेको बताएकी छिन् । उनले आत्मबृतान्त लेख्न कहिले पनि डायरीको साहारा नलिएको बताईन् । उनी भन्छिन्, 'मेरो सम्झने शक्ति त्यति कमजोर छैन र म बुढी भईसकेको छैन त्यसैले मलाई डायरीको जरुरी परेन ।' उनले आत्मबृतान्तमा फिल्मी उठबस भन्दा पनि आफ्नै दैनिकीलाई बढी प्राथमिकता दिएकी छिन् ।
दर्जनौ फिल्ममा अभिनय गरिसकेकी शुभद्राले खेलेको पछिल्लो फिल्म मसान र विरासत हुन् जस मध्ये मसानमा उनको अभिनयको दम अझै कमजोर नभएको रिभ्यु आएको थियो । ईलोक्ट्रोनिक्स डिभाईससंग त्यति घुलमिल हुन नसकेकी शुभद्राले आफ्नो ब्यक्तिगत वेवसाईट पनि छिट्टै सञ्चालनमा आउने बताएकी छिन् । उनले भनिन्, 'मलाई केही आउदैन तर मेरो नातिले बनाईदिईरहेको छ जुन आत्मबृतान्त आउनु अघि सार्वजनिक हुने छ ।' वेवसाईटमा शुभद्राका तस्बिर तथा ईन्टरभ्यू, भिडियो सहित उनीसंग सम्बन्धीत सवै कुरा हेर्न पाईने छ ।