मिति : २०८२ ज्येष्ठ १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`भिडियो भन्दा फिल्म मन पर्छ` - प्रियंका कार्की (नायिका)

फिल्मीखबर, काठमाण्डौ, 2012/08/26

पछिल्लो समय आएका नायिकाहरूमा एउटा बेग्लै पहिचान बनाउदै गरेकी नायिका हुन् प्रियंका कार्की । मोडल तथा मिस टिन हुँदै फिल्ममा प्रवेश गरेकी यि नायिका अहिले अधिकांश फिल्मकर्मीको रोजाईमा पर्छिन् ।

 

सन् २००३ साल तिर भरत सिटौलाको माया लाउन त बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी प्रियंकाले ४० भन्दा भिडियोमा काम गरिसकेकी छिन् । सन् २००५ मा मिस टिनको उपाधी जितेपछि त उनलाई रंगिन दुनियाँमा प्रवेश गर्न गार्‍हो भएन । त्यसैमाथी उनको अभिनय क्षमता र सुन्दरताले उनलाई मोडालिङ तथा फिल्मी बाटो कोर्न गार्‍हो भएन । हुनत उनले अभिनय गरेको फिल्म रिलिज भएको छैन तर पनि उनी अहिले व्यस्त नै छिन् ।

 

केहि बर्ष अमेरिकामा रहेर फिल्मी अध्ययन गरेकी प्रियंकाले प्रशन्न पौडेलको फिल्म मेरो बेस्ट फ्रेण्डबाट फिल्मी करियर शुरू गरिन् । त्यसपश्चात उनले सुरेश दर्पण पोखरेलको थ्री लभर्समा मुख्य भुमिका निर्वाह गरिन् । यि दुबै फिल्म रिलिजको तयारीमा छन् भने पर्सी मंगलबारबाट दीपेन्द्र के. खनालको भिजिलान्तेमा यि नायिका व्यस्त हुनेछिन् । भिजिलान्ते सकिए लगत्तै कलिउड र धुवाँ उनको पाईपलाईनमा छन् ।

 

 

फिल्मसँगै भिडियोमा तथा विज्ञापनहरूमा व्यस्त रहेकी प्रियंकाले शनिबार मेरो जीवन साथी फिल्मका निर्देशक समेत रहेका दिवाकर भट्टराईको निर्देशनमा एक म्युजिक भिडियोमा अभिनय गरिन् । गायत्री थापाको शब्द, राजकुमार बगरको संगीत तथा अञ्जु पन्तको स्वर रहेको 'किन दियौ मन...' बोलको गीतमा प्रियंकाले सुमन गैरेसँग अनस्क्रिन रोमान्स गरिन् ।

 

 

सुटिङ सेटमा फिल्मीखबरसँग कुरा गर्दै नायिका कार्कीले भिडियोमा भन्दा फिल्ममा काम गर्दा राम्रो लाग्ने बताइन् । तर भिडियोमा काम गर्न भने उनलाई सजिलो लाग्छ रे ! उनी भन्छिन्, 'भिडियो सुटिङ गर्दा आफ्नो क्यारेक्टर एक दिनमा नै सकिन्छ तर फिल्ममा भने ४/५ हप्ता सम्म एउटै क्यारेक्टरमा रहनु पर्छ ।' भिडियोमा भन्दा फिल्ममा धेरै मेहनत गर्नु परे पनि फिल्मको चार्मले एक किसिमको उर्जा दिने प्रियंका बताउँछिन् । उनका अनुसार भिडियोको प्रतिक्रिया छिटो आउँछ र छिटै हराउँछ तर फिल्मको लामो समयसम्म यादगार हुन्छ ।

 

यति हुँदाहुँदै म्युजिक भिडियोलाई पनि उनले फिल्मसँगै लाने छिन् । भन्छिन्, 'भिडियोको आफ्नै क्रेज छ त्यसैले यसलाई पनि छोड्न सक्दिन ।' यता प्रियंकासँग काम गरेका निर्देशक भट्टराईले उनको प्रशंशा गर्दै भने, 'मलाई पहिलो पटक काम गरेको जस्तो फिल नै भएन । उहाँ धेरै राम्रो कलाकार हुनुहुँदो रहेछ ।' प्रियंका पनि नयाँ टिमसँग काम गर्दा उत्साहित देखिन्थिन् ।