
फिल्ममा थुप्रै पटक बहादुर भूमिका निभाई सकेकी अभिनेत्री मौसमी मल्लले अब ती फर्मुला रियल लाईफमा पनि प्रयोग गर्न थालेकी छिन् । केही महिना अघि पावर बनाउन उनले आफ्नो नेतृत्वमा महिला चलचित्रकर्मी मंच गठन गरिन् जसको तारिफ फिल्म उद्योगमा सवैले गर्ने गरेका छन् ।
संस्था खोलेपछि उनले केही हप्ता अघि महिला सशक्तिकरणको बिषयमा एक दिने वर्कसप पनि राखिने जुन कार्यक्रमले उनको उचाई थप बढाई दिएको थियो । यसैक्रममा मौसमीले आफ्नो पावर शो गर्न शनिबार तिज विशेष कार्यक्रम आयोजना गरिन् । तीजका दिन सवै सेलिब्रेटी आ-आफ्नै परिवारमा रमाउने हुदा उनले शनिबारको मौकामा एक भब्य कार्यक्रममा आयोजना गर्दै आफ्नो लिडिङ छमता देखाएकी हुन् ।
कार्यक्रममा पहिलो पुस्ताका अभिनेत्रीद्धय सुभद्रा अधिकारी तथा लक्ष्मी गिरी विशेष अतिथिका रुपमा निम्त्याईएका थिए भने नयाँ पुस्ताको प्रतिनिधित्व विन्दास गर्ल सुष्मा कार्कीले गरेकी थिईन् । 'हिजो देखि रिलिज भएको मेरो फिल्म विन्दासको प्रोमोशनमा ब्यस्त रहेकाले आज मैले तपाईहरु जस्तै रातो लुगा लगाउन पाईन तर पनि सवैलाई मेरो तर्फबाट ह्याप्पी तीज !', गाउनमा सजिएकी सुष्माले कार्यक्रममा बोलिन् । उनले मौसमी मल्ललाई मामु भनेर सम्बोधन गरेकी थिईन् भने अन्य महिला फिल्मकर्मीलाई आन्टि ।
.jpg)
'मैले त सोचेको थिईन मौसमीले यति ठूलो कार्यक्रम गर्छिन भनेर जे होस भब्य भयो', विशेष अतिथिको रुपमा निम्ताईएकी अभिनेत्री सुभद्रा अधिकारीले फिल्मीखबरसंगको कुराकानीमा भनिन् । उनले कार्यक्रममा उपस्थित भएकी लोक गायिका सुनिता दुलालको तीज गितमा सवैलाई नचाएकी थिईन् । फिल्म उद्योगका सम्पूर्ण महिलाहरुलाई आफ्नो संगठनमा ल्याउने उद्देश्य सहित स्थापना भएको उक्त मंचले केही अल्पकालिन र दीर्घकालिन योजना ल्याउने तयारी गरिरहेको महासचिव पदमा रहेकी अभिनेत्री रुपा रानाले बताएकी छिन् । सानो जिउडालकी रुपा सारीमा सजिदा उनको ब्यक्तित्वको प्रशंशा पनि भएको थियो ।
कार्यक्रममा गायिका कुन्ति मोक्तान, देविका बन्दना, निशा सुनुवार सहित फिल्मकर्मी राधा लम्साल, जेनि कुवँर, जुना श्रेष्ठ निर्देशक नारायण पुरीको श्रीमती तथा हिरो संयम पुरीको मम्मी उर्मिलाको पनि उपस्थितिले मौसमीको कार्यक्रम भब्य भएको थियो । चार बर्ष अघि गिरफ्तार निर्माण गरेकी मौसमीले यो बर्ष सन्देश श्रेष्ठसंग मिलेर समय भन्ने फिल्म निर्माण गरेकी छिन् जुन फिल्मबाट आफ्नो छोरा विक्कीलाई उनले रजतपटमा भित्राउदैछिन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)