नायिका शुष्मा कार्कीको जवानी हेर्न दर्शक आतुर रहेको बिजनेश रिपोर्टले देखाएको छ । आजबाट देशभरका ४ दर्जन हलमा रिलिज भएको फिल्म बिन्दासले ओपनिङ कलेक्सन १७ लाख गरेको बुझ्नमा आएको छ ।
फिल्मीखबरलाई बिजनेश रिपोर्ट टिपाउँदै निर्देशक राजु गिरीले भने, 'आजको बिजनेशबाट हामी खुसी छौं । भोलीको रिपोर्ट अझै राम्रो हुने हाम्रो बिश्वास छ ।' उनका अनुसार देशका थुप्रै हलमा दर्शकको ठेलमठेल थियो । राजधानीको अष्टनारायण, गोपी, गुण जस्ता ठूला हलमा दर्शकको चाप राम्रो रहेको निर्देशक गिरीले बताए । उनले भने, 'हल हाउसफुल भएकाले गोपीले त भोली तीन हल दिने बताएको छ ।' बिन्दासले आज सबैभन्दा बढि कलेक्सन अष्टनारायणबाट १ लाख ५ हजार गर्यो भने गोपीबाट ९० हजार, गुणबाट ९५ हजार कलेक्सन गरेको रिपोर्ट प्राप्त भएको छ ।
युवाहरूको अझ बिशेषगरी कलेज पढ्दै गरेका युवाहरूको सेक्स प्रतिको धारणा र विकृतीलाई कथानमा उतारिएको बिन्दासमा शुष्मालाई निकै हट कलाकार बनाईएको छ । उनको साथमा शुसान्त कार्की र रोशनी घिमिरेलाई पनि निकै रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ । मधुकुमारको साथमा राजु केसीले समेत लगानी गरेको बिन्दासमा अशोक फुयालले पनि मुख्य भुमिका निर्वाह गरेका छन् ।

