
करिब एक बर्ष अगाडी फिल्म बडीगार्डका लागि ऋतिक रोशनको जस्तो बडी भएको हिरो खोज्दै हिडेका निर्माता सुशिल पोखरेललाई फिल्मीखबरले समाचार प्रकाशित गरेपछि भेट्न मुस्किल परेन । आफूले भनेजस्तै हेरो त उनले भेटे तर लामो समय उनको परिचय नै लुकाए ।
शुरूमा त शुसिलले आफ्नो फिल्मको हिरोको नाम अस्लन खान भन्दै अनुहार छोपिएको तस्विर सार्वजनिक गरे । तर उनको यो लुकाछिपी धेरै समय टिकेन र केहि समयमा नै फिल्मीखबरले ति हिरो अरू कोही नभएर लामो समयदेखि मुम्बईमा संघर्ष गर्दै आएका नायिका सञ्चिता लुईटेलका पूर्वपति आकाश शाह भएको खुलासा गर्यो । तर बिडम्बना निर्माताले आकाशको फोटो राखेर बनाएको पोस्टर नै दर्शक तथा फिल्मकर्मीले सजिल्लै पत्याएनन् ।
शुसिलले आकाशको सुगठित शरिरको फोटो राखेर बनाएको बडीगार्डको पोस्टरमा धेरैले टाउको जोडेको भन्ने प्रतिक्रिया दिए तर शुसिलले ति कुरालाई एक कानले सुनेर अर्को कानले उडाईदिए । किनकी उनलाई मात्र थाहा थियो कि त्यो आकाशकै शरिर थियो । फिल्मको सुटिङ भयो तर पनि आकाशको शारिरिक सुगठनलाई सो फिल्मको टिम बाहेक अन्य दर्शकले नजिकबाट नियाल्न पाएनन् । आज सबैको कौतुहलता मेट्न निर्माता पोखरेलले फिल्मीखबर मार्फत आकाशको सुटिङका बेला खिचिएका तस्विरहरू सार्वजनिक गरेका छन् ।
रिलिजको पूर्वसन्ध्यामा आएर तस्विर सार्वजनिक गर्नुको कारण खोल्दै निर्माता पोखरेलले भने,'दर्शकलाई धेरै कौतुहलतामा राख्न मन लागेन त्यसैले तस्विर सार्वजनिक गरें ।' राजेन्द्र उप्रेतीले निर्देशन गरेको बडीगार्डमा आकाशको साथमा सौजन्य सुब्बाको पनि मुख्य अभिनय रहेको छ । फिल्म भाद्र २९ गते देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।
तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोला - http://www.filmykhabar.com/pictures/446