
सम्भवत: महानायक राजेश हमालले यसरी कहिल्यै पनि आवेशमा आएर भाषण गरेका थिएनन् तर बिहिबार आयोजित एक कार्यक्रममा उनले झण्डै दश मिनेट राजनीतिक दलका नेता प्रति विभिन्न व्यङ्ग्य प्रहार गरिरहे ।
सम्बृद्ध नेपाल अभियानको एक कार्यक्रममा अतिथि बनेर पुगेका हमालले सम्भावना हुँदाहुँदै पनि नेपालको विकास गर्न राजनीतिक दलका नेता असफल भएको भन्दै उनीहरु प्रति आक्रोस पोखे । जे जसरी भए पनि उपलब्धिहरु पाईरहेको छ तर भुईको उपलब्धि टिप्ने बहानामा पोल्टोको उपलब्धि खसाईरहेको भन्दै उनले नेताहरु प्रति व्यङ्ग्य प्रहार गरेका थिए ।
जलविधुत, कृषी तथा पर्यटलाई मुख्य आधार बनाई समृद्ध नेपाल बनाउने तयारीका साथ गठन भएको उक्त संस्थामा जो कोही नेपाली पनि सदस्य भई नेपाललाई सम्बृद्ध बनाउने सक्ने कार्यक्रममा बताईएको थियो । कार्यक्रममा बैङकर्स अनिल शाह, उद्योगपति कुश कुमार जोशी तथा केही उच्च ब्यक्तिहरुले नेपालको बर्तमान अवस्थाको बारेमा चित्रण गर्दै आ–आफ्नो तर्फबाट नेपाललाई सम्बृद्ध बनाउन हरेक नेपाली जुट्नु पर्ने बताए ।
नेपाली रजतपटका लोकप्रिय नायक हमाल आफू भने राजनीतिमा तत्तकाल नआउने बताउँछन् । उनी भन्छन्, 'राजनीतिले नतिजा खोज्छ जुन नतिजा दिन म सक्दिन त्यसैले केही समयका लागि आफ्नै पेशा ठिक छ ।' कार्यक्रममा हमालले अभिनय गरेको एक राष्ट्रिय गीतको म्यूजिक भिडियो पनि लन्च गरिएको थियो । प्रदीप कस्पालको निर्देशनमा तयार गरिएको म्यूजिक भिडियोमा हमाल सहित अनिल शाह, सञ्चारकर्मी प्रेम बानिया लगायतले अभिनय गरेका छन् ।
कुनै समय निकै ब्यस्त रहने महानायक आजकाल विभिन्न सभा समारोहमा हिड्ने गरेका छन् । सार्वजनिक गीतलाई संविधानविद डा. भिमार्जुन आचार्यले गाएका हुन् ।