मिति : २०८२ ज्येष्ठ १८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मायाको ब्ल्याक मेलले केहि गर्ला ?

फिल्मीखबर, काठमाण्डौ, 2012/08/23

सामान्यतया ब्ल्याक मेल भन्ने बित्तिकै हामीले पैसासँग जोडेर गरिने अपहरणलाई बुझ्छौं । तर समाजमा थुप्रै किसिमले ब्ल्याक मेल गर्ने गरिन्छ । यिनै मध्येको एक मायाप्रेममा गरिने ब्ल्याक मेल पनि हो । आगामी भाद्र २९ गते रिलिज हुन लागेको फिल्म 'ब्ल्याक मेल' ले पनि मायाको साहारा लिएको छ ।


शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा मायाप्रेम प्राप्तीका लागि व्ल्याक मेल गरिन्छ । सजिलै पाउन नसकेको प्रेमलाई व्ल्याक मेल गरेर पाउन खोज्दा उत्पन्न हुने द्धन्दलाई फिल्मले मुख्य बिषय बनाएको छ । फिल्मका निर्देशक मधुसुदन भट्टराईको भनाईलाई राख्ने हो भने यो एउटा सस्पेन्स थ्रील फिल्म हो । त्यहि सस्पेन्सले नै दर्शकलाई दुई घण्टासम्म हलमा बाँधेर राख्नेछ र दर्शकको मन जित्नेछ । मायालाई टेकेर फाईदा लुट्नेको कथा समेटिएको फिल्म ब्ल्याक मेललाई सरद अधिकारीले निर्माण गरेका हुन् ।

 

नेपाल रिलिज पूर्व यो फिल्मलाई यहि आईतवार अष्ट्रेलियाको सिड्नीमा प्रिमियर गरिंदै छ भने सोमबार चितवनको इन्द्रदेब हलमा च्यारिटी शो गरिंदैछ । नेपाल मदर फाउन्डेसनले नेपालका सडक बालबालिकाको लागि चलाइरहेको 'डे केयर सेन्टर' लाई व्यवस्थित गर्न सहयोग स्वरूप आयोजना गर्न लागिएको अष्ट्रेलिया प्रिमियरलाई +977 ले आयोजना गरेको हो । जीवन लुईटेल, सुमन सिंह र स्वेता भट्टराई स्टारर फिल्म 'ब्ल्याक मेल' को प्रिमियरका लागि बिक्रि भएको हरेक टिकटको ५ डलर 'डे केयर सेन्टर' लाई दिईने आयोजकको भनाई छ । यस्तै आस्था बाल अनाथलायको सहयोगार्थ चितवनमा च्यारिटी गर्न लागिएको निर्माता अधिकारीले बताए ।