Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शुष्माको बिन्दास भोली हेर्न पाईने

फिल्मीखबर, काठमाण्डौ, 2012/08/23

सुटिङ अगावै नायिका शुष्मा कार्की कै कारणले फिल्म 'बिन्दास' ले निकै चर्चा पायो । शुष्मालाई बिन्दास बनाउन भनेर फिल्म निर्माण टिमले लाखौं खर्चेको भन्ने कुराहरू मात्र आएनन् कि आफ्ना अंगलाई उनले ढाक्न गार्‍हो मानिन् र भईन् बिन्दास ।

 

युवाहरूको अझ बिशेषगरी कलेज पढ्दै गरेका युवाहरूको सेक्स प्रतिको धारणा र विकृतीलाई कथानमा उतारिएको भनिएको फिल्म बिन्दासमा शुष्माले त्यहि युवा पात्रको प्रतिनिधित्व गरेकी छिन् । फिल्ममा उनलाई नवनायक शुसान्त कार्कीसँग मज्जाले रोमान्स गरेको देख्न पाईने छ भने उनका बोल्ड सिनहरू हेरेर दर्शक तातिनेछन् । वास्तवमै भन्नु पर्दा फिल्मको मुख्य आकर्षण नै शुष्मा कार्की हुन् ।

 

शुष्मा कत्तिको बिन्दास भएकी छिन् भन्ने कुरा तल राखिएका पब्लिसिटी सामाग्रीहरू हेरेर पनि सजिलै अनुमान लगाउन सकिन्छ । तर फिल्मका निर्देशक राजु गिरी भने शुष्मालाई कुनै पनि एङ्गलबाट भल्गर नदेखाएको दाबी गर्छन् । उनी भन्छन्, 'शुष्माको कामबाट म पनि प्रभावित छु ।' यस्तै फिल्मका निर्माता मधुकुमार श्रेष्ठले पनि फिल्ममा भल्गारिटी नभएको बताउँदै आएका छन् । उनका अनुसार फिल्मले दर्शकलाई मज्जाले मनोरञ्जन दिनेछ ।

 

मधुकुमारको साथमा राजु केसीले समेत लगानी गरेको बिन्दास भोली शुक्रबारबाट देशभरका अधिकांश पर्दामा लाग्नेछ । फिल्ममा अशोक फुयाल र रोशनी घिमिरेको पनि मुख्य अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् ।

 

Photo Gallery :  http://www.filmykhabar.com/pictures/436