
हाई बजेटका प्रोजेक्टमा उनी अनुबन्धित भईरहेका छन् तर पनि सजाएको सपनाहरु ती प्रोजेक्टहरुसंगको ब्यस्तताले पूरा नहुने भएपछि कोरियोग्राफर गोविन्द राईले सन्यास घोषणा गरेका छन् ।
अन्तिम फिल्मको रुपमा समयको एक गीतलाई कोरियोग्राफी गर्दै गरेको अवस्थामा फ्रष्टेड राईले भने, 'यो फिल्म पछि अब म कुनै फिल्ममा काम गर्ने छैन ।' पछिल्लो एक बर्षदेखि उनले आफ्नो ब्यस्ततालाई पनि पातलो बनाउदै लगेका थिए । सन्यास घोषणा गर्दा पनि उनले अन्तिम गीतलाई उत्साह पूर्वक निर्देशन गर्न भने कुनै कसुर राखेका थिएनन् । 'सम्भवत भोली देखि ६ महिनासम्म म कुनै पनि फिल्ममा काम गर्ने छैन र छ महिना पछि म फर्किए भने पनि मेकरको रुपमा फर्किनेछु', सन्यास घोषणा गर्दै उनले भने ।
यस्तै राईले फिल्म प्रोडक्सनको केही महिना पश्चात निर्देशनमा पनि आउने बताएका छन् । यध्यपी रियालिटी शोका केही कन्सेप्टलाई उनले पब्लिकमाझ ल्याउने तयारी पनि गरिरहेका छन् । ईभेन्ट म्यानेजमेन्ट अर्न्तगत रहेर अब उनले आफ्नो नयाँ दैनिकी बनाउने पनि तयारी गरिहेका छन् । झण्डै डेढ दशकको फिल्मी करिअरबाट ब्यस्तता र नाम बाहेकको उपलब्धी आफूले नपाएको भन्दै उनी यो फिल्डबाट टाढिन लागेका हुन् ।
राईले एक सय वटा फिल्ममा कोरियोग्राफरको रुपमा काम गरिसकेका छन् । उनले काम गरेका केही प्रतिक्षित फिल्महरु मध्ये मेरो भ्यालेन्टाईन, प्रमिश, ग्याम्बलर रिलिजको तयारीमा छन् ।