
दुई जेनेरेशनको कथामा आधारित फिल्म 'समय' बाट हिरोको रुपमा डेब्यू गरेका अभिनेत्री मौसमी मल्लका छोरा विक्कीले बुधबार राष्ट्रिय नाचघरको स्टेज तताएका छन् । सुजिल कर्माचार्यको म्युजिकमा विक्कीले विवोईङको विभिन्न स्टेप सहित लकिङ, पकिङका आकर्षक स्टेपले आफ्नो साथीहरुको माईन्ड फ्रेस गराएका हुन् । तर यी सव स्टेप उनले फिल्मका लागि गरेका हुन् ।
पोष्ट-प्रोडक्सनको काम करिब सकिएको अवस्थामा समयको आज एउटा गीतको सुटिङ गरिएको थियो जसका लागि झण्डै दुई महिने तयारी विक्कीले गरेका थिए । डान्समा निकै निपूर्ण विक्कीको अरु ट्यालेन्टको मुल्याकंन भोली हुँदै जाला तर निर्माता सन्देश श्रेष्ठले नयाँ जेनेरेशनमा विक्की जती नाच्ने अरु कलाकार नभएको दावी पनि गरे । उनले भने, 'आज उसको डान्स हेर्न कै लागि मैले मिडियालाई डाकेको हो । उ जत्तिको डान्समा पर्फेक्ट नयाँ हिरोमा कोही छैन ।' विशेषत विक्की कै डान्स देखाउनकै लागि विवोईङ कन्सेप्ट समयमा अटाईएको निर्माता श्रेष्ठको भनाई छ ।
यस्तै विक्कीको डान्सलाई न्याय गर्न करिब ६ लाख रकम एक गीतमा खर्चिएको निर्माताको भनाई छ । गोविन्द राईको कोरियोग्राफीमा राष्ट्रिय नाचघरमा भएका सम्पूर्ण उपकरण प्रयोग गरि उक्त गीतको सुटिङ गरिएको हो । फिल्मलाई विष्णु कल्पितले खिचेका छन् । तर फिल्म खिच्नका लागि नाचघरको फ्लोर अझ उपयुक्त नभएको भन्दै सोचे जसरी काम गर्न कठिनाई रहेको कल्पित बताउछन् ।
फिल्ममा विक्की एउटा उरेन्ठेउलो कलेज ब्यायको भूमिकामा छन् जसको अपोजिट सुरभी जैनले खेलेकी छिन् । 'आजबाट करिब मुक्त भएको जस्तो अवस्था हो', सुटिङ भैरहदा निर्देशक दयाराम दाहालले भने । उनी केही दिने ब्रेक पश्चात मन्डिल श्रेष्ठले निर्माण गर्ने फिल्ममा व्यस्त हुने छन् । जसको प्रि–प्रोडक्सनको कार्य धमाधम चलिरहेको छ ।
कात्तिक १८ गतेका लागि देशव्यापी रिलिज तयारी रहेको समयको यो गीत ल्यावमा गएको केही एक हप्ता पश्चात सम्पूर्ण पोष्ट-प्रोडक्सनको कार्य सकिने छ । अभिनेत्री मौसमी मल्लको प्रस्तुतीमा समय निर्माण गरिएकाले यसको स्टोरी स्ट्रङ रहेको यूनिटले दावी गरेको छ । फिल्ममा मौसमी मल्लले आफ्नो अपोजिटमा राजेश हमाललाई पहिलो जेनेरेशनको पेयर बनाएकी छिन् ।