नेपाली फिल्म उद्योगमा वितरण, प्रदर्शन र निर्माणमा स्थापित कम्पनीको रुपमा रहेको गोपीकृष्ण मुभिजले संचालन गरिरहेको क्युब डिजिटल प्रणालीमा आबद्ध भएका पूर्वका हलहरुको भेला आज बिराटनगरमा सम्पन्न भएको छ ।
बिराटनगरको एक होटलमा आयोजना गरिएको कार्यक्रममा पुर्वाञ्चलको धरान, बिर्तामोड, दमक, बेलबारी, झुम्का लगायतका एक दर्जन भन्दा बढी क्युब प्रबिधि जडान भएका हलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गोपीकृष्ण मुभीजको तर्फबाट निकेश पौडेलको सहभागिता रहेको कार्यक्रममा क्युब प्रबिधि जडान गरेका हलका प्रतिनिधिहरुले आफ्ना समस्या र गुनासाहरु राखेका थिए । गुनासा र समस्याहरु सुनिसकेपछि निकेशले सम्पूर्ण समस्याको समाधानको उपाय बारे कम्पनीको दृष्टिकोण प्रस्तुत गरेका थिए । मुख्यत: नेपाली फिल्म उद्योगको प्रवर्धनमा यो प्रणाली र आफ्नो कम्पनी सदैब लागिरहने उनले प्रतिबद्धता समेत जनाए ।
त्यस्तै हल संचालकहरु बीच रहेको एकतालाइ अझै मजबुत बनाउदै लैजाने सहमति पनि सो भेलामा भएको थियो । कार्यक्रमको सहजीकरण पूर्वमा क्युब प्रणालीको व्यवस्थापन हेरिरहेका चैतन्य बरालले गरेका थिए । यसरी आयोजना गरेको भेलाले यो प्रबिधि संचालन गर्दा भोग्नु पर्ने विभिन्न समस्याललाइ समाधान गर्न सहयोग पुर्याउने अधिकांश सहभागीको विचार रहेको थियो । पुर्वाञ्चल अन्तर्गतको मेची कोशी अञ्चलका एक दर्जन बढी हलमा यो प्रबिधि मार्फत फिल्म प्रदर्शन हुदै आएको छ ।