मिति : २०८२ ज्येष्ठ १७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ बाँसुल्ली

फिल्मीखबर, काठमाण्डौ, 2012/08/22

विश्वको चर्चित तथा पुरानो भेनिस फिल्म फेस्टिभलमा पहिलो पटक स्थान पाएको नेपाली फिल्म 'बाँसुल्ली' को प्रोमो अहिले यु ट्यूबमा देख्न सकिन्छ । आगामी भदौ १३ देखि २३ सम्म इटालीमा हुने ६९ औं संस्करणको उक्त फेस्टिभलमा निश्चल बस्नेत र देवकी राईले निर्माण गरेको १५ मिनेटको 'बाँसुल्ली' छनोट भएको हो ।

 

मीनबहादुर भामले निर्देशन गरेको उक्त सर्ट फिल्ममा संविधानसभाको चुनाव हुँदा जुम्लाकी १२ वर्षीया बालिका बिजुलीको जिन्दगीमा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ । ओरिजोन्टी सेक्सनमा छानिएको सो फिल्ममा निकिता बुढा, नरेश भण्डारी, घनश्याम गिरी, हीरा बिजुली लगायतले अभिनय गरेका छन् । फेस्टिभलमा संसारभरबाट एक हजार ७ सय ५२ छोटो फिल्म दर्ता भएका थिए ति मध्ये बाँसुल्ली सहित १४ फिल्म महोत्सवमा छानिएका हुन् ।