मिति : २०८२ ज्येष्ठ १८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा फेसबुकलाई लाईक गरे (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2012/08/22

फिल्म डिष्ट्रिब्युसन कम्पनी WE2 ले नेपाली फिल्म 'फेसबुक' को अष्ट्रेलियामा प्रिमियर गरेको छ । अष्ट्रेलियामा नै स्थापित सो कम्पनीले आईतवार प्रिमियर गर्‍यो भने सोमबार पनि अर्को शो गर्‍यो । अष्ट्रेलियाको शहर ब्रिस्बेनमा फिल्म हेर्न पुगेका दर्शकले फेसबुकलाई लाईक गरेको पाईयो ।

 

भाद्र २२ गते नेपालमा रिलिज हुन लागेको फिल्म 'फेसबुक' को अष्ट्रेलिया रेड कार्पेट प्रिमियरमा नायक स्वतन्त्र प्रताप शाहको साथमा उनका आफन्त तथा दर्शकहरूको सहभागिता रहेको थियो । फिल्म शो पश्चात फिल्मीखबरसँग कुरा गर्दै नायक शाहले दर्शकले फिल्मलाई निकै मन पराएको बताए । फिल्मको प्रस्तुती, कथाबस्तु र कलाकारको अभिनयलाई दर्शकले बढि रूचाएको पाईयो ।

 

सुरज सुब्बा निर्देशित यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा स्वतन्त्रको साथमा राजेश हमाल, झरना थापा, सुनिल थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, अनुराग मान सिंह कुवँर, मार्टिन खान, विल्सन विक्रम राई, सुमन गैरे लगायतले अभिनय गरेका छन् । फिल्म फिल्मलाई निर्देशक सुब्बाले नै लेखेका हुन् भने संगीत सुनिल बर्देवा, द्धन्द रोशन श्रेष्ठ, छायाँकन संजय लामाको रहेको छ ।