
गत बर्ष भदौ ४ गते पहिलो सन्तानलाई जन्म दिएकी संचिता लुईटेलले उही मितीमा अर्को सन्तानलाई जन्म दिएकी छिन् । उनले हिजो साँझ छोरीलाई जन्म दिएकी हुन् ।
दुई सन्तानको जन्म मिती एउटै भएपनि पनि कृष्ण अष्टमीको तिथि भने फरक भएको छ । किनकी उनको पहिलो सन्तान (छोरा) जन्मिएको दिन कृष्ण अष्टमी थियो । यस अघि कृष्ण अष्टमीकै दिन दोस्रो सन्तानलाई जन्म दिने भन्दै संचिता अस्पताल भर्ना भएकी थिईन् तर अल्ट्रासाउन्ड पस्चात डक्टरले उनलाई अब्जरभेसन पिरियड भन्दै घर फिर्ता पठाएको थियो ।
संचिताको पारिवारिक श्रोत अनुसार सोमबार साँझ ७ बजेर ४० मिनेट जादा उनले थापाथली स्थित नर्भिक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । यस्तै आफ्नी हिरोईन कान्छी श्रीमतीले छोरी पाएपनि निखिल उप्रेती काठमाण्डू आईपुगेका छैनन् । श्रोत अनुसार एक हप्ता भित्र निखिल काठमाण्डू आईपुग्ने छन् । कुनै समयका सर्वाधिक ब्यस्त हिरो निखिल अहिले बेरोजगार भएर मुम्बईमा संघर्षरत छन् ।