Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कलिउडमा फेरि फेरियो हिरोईन/ नम्रताको ठाँउमा प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2012/08/20

कलिउडको लिड रोलमा फेरी हेरफेर भएको छ । पहिलो अनाउन्समेन्टबाट साहाना बज्राचार्यलाई हिरोईनमा लिने बताएको कलिउड युनिटले साहानासंग कुरा नमिलेपछि सो रोलमा नम्रता श्रेष्ठलाई फाईनल गरेको थियो तर नम्रतासंग विभिन्न कुरा नमिलेपछि उनको स्थानमा प्रियंका कार्कीलाई सो युनिटले अनुबन्धन गरेको छ ।


एक हप्ता अघि शुभ मुर्हत समारोहमा नम्रता र स्क्रिप्ट राईटर ब्रजेश खनाल बिच केही मत भेद भएको फिल्मीखबरले देखेको थियो जुन देखाई एक हप्ता पश्चात अर्कै रुप लिएर निस्किएको छ । श्रोत अनुसार स्क्रिप्ट राईटर माथि नम्रता हावी भएपछि कलिउड टिमले नम्रताको विकल्प खोजेको हो तर निर्देशक नवराज आचार्यले यि सव कुराको बचाउ गर्दै नम्रतासंग लिएको टाईममा सुटिङ सुरु गर्न नसकेकाले हिरोईन फेर्न बाध्य भएको बताए ।

 

तर, नवराजको यि तर्क सिधै गलत सावित हुन्छन् । किनकी एक हप्ता अघिको मात्र कुरा हो जति बेला भदौ २० को टाईम देखि फ्लोरमा जाने पूर्ण मनस्तिीथिका साथ नम्रता मुर्हुतमा सहभागी भएकी हुन् ।  भदौ २० को मितीमा उनले नभ्याउने भएको भए उनी मुहुर्तमा आउने थिईनन् । यस्तै नवराजले यो बिषयमा भने, 'नम्रतासंग लिईएको समयमा हामीले सुटिङ गर्न नसक्दा अहिले उनले तीन महिना पछि सुटिङ गर्न भनिन् तर हामी तीन महिना पर जान नसक्ने भएकाले उनको विकल्प खोजिएको हो ।'

 

 

हिरोईन हेरफेरको चक्करका कारण निकै टाउको दुखाएका नवराजले सोमबार साँझ प्रियंका कार्कीलाई लिड रोलका लागि साईन गराएका छन् । यस अघि प्रिंयकाले उक्त फिल्मको एक आईटम गितका लागि मात्र साईन गरेकी थिईन् तर भाग्य न हो डोकोमा दुध अडिने भएपछि कसको के लाग्छ  र ? मेल लिड रोलमा आर्यन सिग्देल र बिष्णु कार्की रहेको सो फिल्मको सेकेन्ड लिड हिरोईनको बिषयमा पनि निर्देशक आचार्यको टाउको दुखेको थियो जसकारण फाईनल गरिएकी रिमा विश्वकर्माले पनि अन्तिम समयमा फिल्म खेल्दिन भनेपछि उनले सो रोलका लागि अर्की हिरोईन अझै अनुबन्धन गर्न सकेको छैनन् । 

 

'यहि तनावले टेन्सन भईराथ्यो अर्की हिरोईन फाईनल हुनत कुन ठूला कुरा हो र ?', नवराजले भने । नयाँ हिरोईनहरुको लिष्टमा एकाएक चर्चा पाईरहेकी प्रियंकाले प्रशन्न पौडेलको मेरो बेष्ट फ्रेण्ड खेले लगत्तै थ्री लभर्स खेलिन् । यसैगरी उनी  भदौ ७ देखि नेपालको पहिलो थ्रिडी फिल्म भिजिलान्तेमा ब्यस्त हुनेछिन् र भदौ २० देखि कलिउड जोईन गर्दैछिन् ।