
पोष्ट-प्रोडक्सनको काम नसिकएको कारण देखाउदै धुँवा यो नशा युनिटले आफ्नो रिलिज डेट दुई महिना पर धकेलेको छ । यहि भदौ २२ देखि सुरज सुब्बा निर्देशित प्रतिक्षित फिल्म फेसबुकसंगै रिलिज मैदानमा उत्रिन लागेको सो फिल्म कात्तिक ३ गतेका लागि सरेको हो । यध्यपी कात्तिक ३ गते नेपालका भरका दर्शकले उक्त फिल्म हेर्न पाउने छैनन् ।
फिल्म निर्माण कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्सनका अनुसार मोफसलका दर्शकमाझ सो फिल्म कात्तिक ३ गते देखि रिलिज हुने छ भने राजधानीमा कात्तिक १० देखि । २ प्रतिशत सुटिङ अझै सक्न बाँकी सो फिल्मको सुटिङ तालिकामा विभिन्न अबरोध आएका कारण पनि निर्धारित समयमा आर्यनको उक्त फिल्म रिलिज हुन नपाएको हो । 'अलिकति सुटिङ अझै बाँकी थियो तर हिरोईन अर्को फिल्ममा बिजी भएपछि हामीसंग पोष्ट-प्रोडक्सनको काम सक्न समय अपुग भएकाले रिलिज डेट हेरफेर गर्नु परेको हो', निर्माता रामप्रसाद रिजालले भने ।
सो फिल्मकी हिरोईन निशा अधिकारी हुन् जो गत शुक्रबार देखि पद्धमिनी फिल्ममा ब्यस्त हुँदा धुँवा यो नशाको बाँकी सुटिङ पुरा हुन नपाएको हो । कहिले हिरोईनको कारण जनाउँदै त कहिले आन्तरिक कारण जनाउँदै बारम्बार सुटिङ ब्रेक गर्दै सो कम्पनीले प्रोमोशन स्वरुप प्रोमो र गित सार्वजनिक गरिसकेको छ जसलाई मुल्याकंन गर्दै अधिकांश फिल्मी जर्नलिष्ट र फिल्मकेहरहरुले फेसबुक जत्तिकै उच्च कोटीको सो फिल्म बनेको भन्दै यि दुई फिल्मको एकसाथ रिलिजले दुबैका निर्मातालाई घाटा हुने बताउँदै आएका थिए ।
फिल्मको काम हतारहतारमा गर्नु र एउटा राम्रो फिल्मसँग अर्को राम्रो फिल्म जुध्नुले आफ्नो करियरलाई पनि असर गर्ने भन्दै आर्यनले पनि रिलिज डेट सार्नुपर्ने धारणा राख्दै आएका थिए । रिलिज डेट सरेको बिषयमा आर्यनले भने, 'फिल्म राम्रो बनेको छ त्यसैले पोष्टको काममा अझै मेहनत गर्यो भने झनै राम्रो हुन्छ त्यसैले रिलिज सर्नु फाईदाको कुरा हो ।' आईएम सरी पछि रिलिज हुन लागेको यो फिल्ममा आर्यनलाई केही फरक शैलीले प्रस्तुत गर्न खोजिएको प्रोडक्सन कम्पनीको दावी छ ।
यता आर्यन पनि यो फिल्मबाट नयाँ छाप छाड्ने भन्दै फिल्मको प्रोमोशनमा दिल खोलेर लाग्ने तयारीमा छन् । लक्ष्मण रिजाल निर्देशित यो फिल्मले भने कार्तिक ३ गते शिब रेग्मीको सो सिम्पल फिल्मसँग प्रतिष्पर्धा गर्नेछ ।