
राजु गिरीको निर्देशन तथा मधुकुमार श्रेष्ठको लगानीमा निर्मित रोमान्टिक फिल्म बिन्दासको टोली बिन्दास तरिकाले प्रोमोशनमा जुटेका छन् । टोलीले रिलीज डेटको पुर्वसन्ध्यामा प्रचारप्रसारका लागी मोफसल अर्न्तगत सोमबार नारायणगढको इन्द्रदेव चलचित्र भवनमा च्यारिटी सो गरेको छ । चितवनको क्षेत्री समाज वैदिक नगरका लागि एम्बुलेन्सको खरिद गर्न यो च्यारिटी शो गरिएको हो ।
च्यारिटीको लागी शनिवार बेलुकी नै निर्माता निर्देशक नारायणगढ आएका थिए । च्यारिटीको खासै प्रचार प्रसार नभए पनि हल हाउस फुल थियो । यधपी दर्शकहरुले सोमबार बिहान टिकट पाएनन् र कतिपय दर्शकले ब्ल्याकमै भएपनि टिकट खरिद गर्न बाध्य भए भने कति दर्शक सिढींमा नै बसेर फिल्म हेरे ।
बिन्दासमा शुष्मा कार्की, शुसान्त कार्की, अशोक फूयाल, रोशनी घिमिरे र मधुकुमार श्रेष्ठको मुख्य अभिनय रहेको छ । फिल्म पुर्णरुपमा रोमान्टिक शैलीमा सेक्स प्रति युवाहरुको बढ्दो क्रेज र यसले समाजमा पार्ने प्रत्यक्ष असर प्रति चित्रित छ । विशेषत त्रिकोणात्मक प्रेम कथामा आधारित भएपनि सेक्सलाई मुख्य इस्यु बनाइएकोले व्यापारिक रुपमा फिल्मले राम्रो व्यापार गर्ने देखिन्छ ।
च्यारिटीमा आएका अधिकाशं दर्शकहरुले बिन्दास मन परेको प्रतिक्रिया दिएपनि कतिपयले चपली हाइटको संज्ञा दिए । निर्माता श्रेष्ठ पहिलो फिल्म बजारले खासै व्यापार नगरे पनि विन्दासले दर्शकको मन जित्नेमा विश्वस्त छन् । माया प्रेम, सेक्स र लाइट कमेडीको समिश्रण बिन्दास आगामी भाद्र ८ गते देखि अल नेपाल रिलीज हुदैछ ।