Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३५ दिन पछि सुरु भयो धन्दा

फिल्मीखबर, काठमाण्डौ, 2012/08/20

हिरो अर्पण थापाको शरिर दश केजी मोटाएपछि धन्दाको बाँकी सुटिङ सुरु गरिएको छ । लभस्टोरी निर्देशक सुदर्शन थापाले नयाँ टेष्टका साथ निर्देशन गरिरहेको सो फिल्मको ३५ दिन पश्चात बाँकी सुटिङ सुरु गरिएको हो ।

 

'आज हामी भकुण्डेबसी भन्दा दश किलोमिटर पर पातले खेतमा घरको सेट लगाएर काम गरिराछौ', फिल्मीखबरसंगको कुराकानीमा निर्माता बाबुराम दाहालले भने । निर्देशक थापासंग मिलेर दाहालले बनाएको उक्त फिल्म पुष ६ गतेदेखि देशब्यापी रिलिज गरिने निश्चित पनि भएको छ । ५० प्रतिशत सुटिङ सकिएको सो फिल्मको बाँकी ५० प्रतिशत काम १५ दिनमा सक्ने तयारी छ ।


सुटिङ ब्रेक भएपछि आजबाट सो युनिटमा दीपक बज्राचार्य क्यामेरापर्सनको रुपमा इन्ट्री  भएका छन् । यस अघि विष्णु कल्पितले फिल्म सुट गरेका थिए । 'विष्णु जीको ब्यस्तताले उहाँको सहमतिमै आजबाट दीपक जीले फिल्म खिच्न सुरु गर्नु भएको छ', निर्माता दाहालले बताए ।

 

यसैगरी नेगेटिभ रोलको हिरोईन हेरफेरको लफडामा परेको सो फिल्मको उक्त रोलमा शुभेच्छा थापा फाईनल भएकी छिन् । सुरुमा करिश्मा मानन्धर र त्यसपछि सुस्मिता बम्बजनलाई सो रोलका लागि अफर गरिए पनि अन्तिम समयमा उनीहरुले उक्त रोल गर्न नसक्ने भन्दै हात झिकेपछि थापा फाईनल भएकी हुन् । सामाजिक कथामा आधारित धन्दामा अर्पणको साथमा समुना केसी, पुष्कर गुरूङ, दिलभुषण पाठक लगायतले अभिनय गरिरहेका छन् ।