नेपाली कलाकारलाई मात्र हैन कतारवासी नेपालीहरूका लागि पनि यो बर्षको इद बिशेष भयो । कुमार रेग्मीको प्रस्तुती, लक्ष्मण खतिवडाको व्यवस्थापन तथा स्याङ्गजा सहयोग समाज दोहा कतारको विशेष सहयोगमा आयोजना भएको 'ईद धमाका २०१२' ले साँच्चिकै कतारमा धमाका मच्चायो ।
उध्रेको चोली गायिका इन्दिरा जोशीले जसरी तातेको कतारलाई अझ तताईन् चपली गर्ल बिनिताले त झन् दर्शकलाई उचाल्न सम्म उचालिन् । सानी सानी उमेर पुगिसक्यो बोलको गीतमा नाचेर दर्शकहरुलाई समेत नचाएकी बिनिताले बोलेका दुई शब्दले त झन् दर्शकलाई निकै उत्साह थपिदियो । आफूलाई नेपाली हुनुमा गर्व लागेको बिनिताले बताए पछि दर्शकदिर्घाबाट तालीको बर्षा भएको थियो । राष्ट्रको गहनाहरूलाई कतारवासी नेपालीहरूले सम्मान गर्न जानेको भन्दै यो माया र सदभाव सधैं पाउने आश समेत बिनिताले व्यक्त गरिन् ।

फिल्मीखबरसँगको छोटो मिठो भेटमा बिनिताले दुई दिनमा नै 'होम सिक' भएको समेत बताईन् । उनले भनिन्, 'मलाई घरपरिवार र देश छोडेर बाहिर हिड्न सार्है' गार्हो हुन्छ । आएको दुई दिन भएको छैन कहिले नेपाल फर्कुं जस्तो भएको छ ।' तर, कतारवासी नेपाली दर्शकको माया पाएकी हुनाले बिनितालाई एक किसिमको आनन्द भने भएको छ । बिनिताले स्टेजमा रहँदा आफ्नो रिलिज हुन लागेको फिल्म फुलस्टपको पनि मज्जाले पब्लिसिटी गरिन् र कतारमा रिलिज डेट फाईनल गरेर नेपाल फर्कने बताईन् ।

यस्तै कार्यक्रममा इन्दिरा जोशीले ट्राफिक जाम सहितका केहि गीत गाएर दर्शकलाई नचाईन् भने गायक प्रमोद खरेलले पनि आफ्ना चर्चित गीत गाएर दर्शकलाई नचाए । कला सुब्बाले सञ्चालन गरेको सो कार्यक्रममा अर्का गायक धिरज राईले पनि गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे भने हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दर्शकलाई पेट मिचीमिची हाँस्ने वातवारणको सिर्जना गरिदिए । यस्तै रिया श्रेष्ठको आकर्षक डान्सबाट पनि दर्शकले मज्जा लुटे ।
.jpg)

