Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋषि भन्छन्- `सरी ल`

फिल्मीखबर, काठमाण्डौ, 2012/08/20

कहिं मिलन कहिं बिछोड, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान श्रीमती, हाम्रो माया जुनीजुनीलाई जस्ता फिल्ममा स्टार कालाकारसँग काम गरेका निर्देशक ऋषि लामिछानेले अब तिनै स्टारलाई सरी भन्दैछन् ।

बिगतका फिल्ममा स्टारलाई लिएर फिल्म बनाएका ऋषिले अब भने स्टारडम देखाउने कलाकारसंग काम नगर्ने बताएका छन् । उनी भन्छन्, 'कुनै बेला स्टारडम देखाईन्थ्यो र चल्थ्यो पनि तर अहिले स्टारडम देखाउने समय गएको छ । अब कला देखाउने बेला आएको छ ।' त्यसैले त ऋषिले कलालाई बुझेको कलाकारसँग नयाँ फिल्म 'सरी ल' मा काम गर्न लागेको बताउँछन् ।

 

 


हाल प्रि-प्रोडक्सनमा रहेको फिल्म 'सरी ल' मा ऋषिले थिएटरका कलाकारलाई लिएर फिल्म बनाउँदैछन् । अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गर्न लागेको सो फिल्ममा ऋषिले सुवास थापा र राजन खतिवडालाई मुख्य भुमिकामा उतार्दैछन् भने बर्षा राउतलाई नयाँ प्रस्तुतीको रूपमा चिनाउँदैछन् । यस्तै फिल्मबाट बालकलाकारको रूपमा रोशन महर्जन पनि यहि फिल्मबाट प्रवेश गर्दैछन् ।

फिल्मको वर्कशपमा भेटिएका निर्देशक लामिछानेले आफूले अनुबन्धित गरेका कलाकारलाई सरस्वतीका वरपुत्रको संज्ञा दिए । कारण खोल्दै भने, 'उहाँहरू आफ्नो चरित्रको गहिराईमा पुगेर काम गर्न खोज्नु हुन्छ जुन मैले खोजेको पनि थिएँ । अझ उहाँहरूको सोचले मेरो सोचलाई पनि केहि परिवर्तन गरेको छ । त्यसैले मैले रोजेको टिम मेरो लागि उत्कृष्ट छ ।'


भाद्र २२ गतेबाट सुटिङ शुरू हुने सो फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् भने संगीत बसन्त सापकोटा र शैलेश श्रेष्ठको रहेको छ । यस्तै छायाँकन रामशरण उप्रेतीको हुनेछ भने द्धन्दनिर्देशन रोशन श्रेष्ठ तथा नृत्यनिर्देशन बब्बु थापाको रहनेछ । फिल्ममा एभरेष्ट क्रिउज ग्रुपको बिबोईण्ड डान्सलाई राखिने भएको छ ।