मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थ डे अरुणिमा

फिल्मीखबर, काठमाण्डौ, 2012/08/20

अभिनेत्री अरुणिमा लम्सालकालागि  बिगतका बर्थ डे भन्दा आजको बर्थ डे विशेष हुनेछ र यादगार पनि । किनकी ३० बसन्त पार गर्दा ईद पर्वको दिनसंगै उनको जन्मदिन पहिलो पटक परेको छ ।  


एक छोरीको आमा अरुणिामा मम्मी बनेपछि फिल्मी अभिनयमा सक्रिय हुन सकेकी छैनन् तर फिल्मी कार्यक्रममा उनको उपस्थिति भने गजव गरी हुने गरेको छ । शरिर तन्दुरूस्त हुनासथ अभिनयमा फर्किने बताएकी अरुणिमा सानी छोरीका कारण चाहेर पनि पशुपति नाथ दर्शन गर्न जान नपाउने भएकी छिन् । यध्यपी अपरान्ह देखि बर्थ डे माहोलमा रमाउने उनको तयारी छ ।


अरुणिामा आफ्नी सानो मम्मी जो मुस्लिम परिवारसंग बैबाहिक बन्धनमा बाधिएकी छिन् उनको निवासमा ईद मनाउने छिन् भने सोही महोलमा आफ्नो बर्थ डे केक पनि काट्ने छिन्  । 'ईदसंगै बर्थ डे परेकाले सानो मम्मीले उहाँकोमा बोलाउनु भएको छ त्यसैले सवै जना त्यहाँ भेला भएर केक काट्ने छौं अनि ईद पनि मनाउने छौं', अरुणिमाले बर्थ डे योजना बताईन्  ।

 

जव भदौ लाग्छ तव अरुणिमलाई एक किसिमको आनन्द पनि आउँछ । किनकी भदौ महिना फिल्मी सेलिब्रेटीको बर्थ डेको मौसम रहेकाले उनी यो महिनालाई विशेष पनि भन्छिन् । आज अरुणिामाको बर्थ डेसंगै भोलि अर्की अभिनेत्री रेखा थापा र निर्देशक शिव रेग्मीको पनि बर्थ डे हो । यसैगरी भदौ १५ गते राजबल्लभ कोईरालाको बर्थ डे हो । अरूणिमालाई जन्मदिनको शुभकामना !