
आईटम गर्ल आशा पौडेलले प्रदर्शनको क्रममा रहेको फिल्म 'तडप' मा आफ्नो जवानीमा डढेलो लागेकाले निभाउन आग्रह गरेकी छिन् । दुई अर्थ लाग्ने शब्द राखिएको सो गीतमा आशाको उत्तेजक डान्स हेर्न सकिनेछ ।
राज बस्न्यातको निर्देशनमा बनेको फिल्म तडपको सो आईटम गीतलाई दिनेश अधिकारीले करियोग्राफी गरेका हुन् भने आशाको लचिलो कम्मरसँगै उनले पनि आफ्नो कम्मर मर्काएका छन् । पनाह अधिकारीको शब्द रहेको सो गीतमा सुनिल वीर श्रेष्ठको संगीत रहेको छ ।
असोज १२ गते रिलिज हुने भनिएको सो फिल्ममा राजेश हमाल, झरना थापा, दिलिप रायमाझी र पनाह अधिकारीको मुख्य अभिनय रहेको छ । पनाह अधिकारीकै लेखन रहेको सो फिल्म चेलिबेटी बेचबिखनको कथामा आधारित छ । फिल्मका निर्देशक बस्न्यातले नेपाल भित्रै पनि चेलिबेटी बेचबिखन हुने र तिनै चेलीहरूलाई पछि भारत सहितका अन्य मुलुकमा बेच्न लगिने कथालाई उठान गरेको बताए ।
दिनेश थापा, बिबेक थापा र आयुष्मान बस्न्यातको लगानी रहेको सो फिल्ममा जन्म राईको पनि संगीत रहेको छ भने प्रदीप श्रेष्ठ पनि करियोग्राफर रहेका छन् । यस्तै छायाँकन देबेन्द्र गिरी र द्धन्द देब महर्जनको रहेको छ । फिल्मलाई ईश्वर कोईराला र प्रकाश पोखरेलले सम्पादन गरेका हुन् ।