मिति : २०८२ ज्येष्ठ १७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.60/5.00)
Text size:-
+
-

गडफादरले भने- `को अनु ?`

फिल्मीखबर, काठमाण्डौ, 2012/08/19

गडफादरको चित्त साहै दुखे जस्तो छ त्यसैले दीपेन्द्र के. खनालले आफूले डेब्यू गराएको हिरोईनलाई चिन्दिन भनिदिए । एक जमघटमा भेटिएका चपली हाईट निर्देशक खनालसंग फिल्मीखबरले हिरोईन अनु शाहको प्रसङ्ग झिक्ने क्रममा उनले अनुलाई नचिन्ने बताएका हुन् । अनुसंगको बोलचाल पुरै हराएको हो भन्ने फिल्मीखबरको प्रश्नमा कहिलै नचिनेको पारामा दीपेन्द्रले भने- 'को अनु ?'


घुमाउरो पाराले अनुलाई चिन्दिन भनेका खनालले आफ्नो केही कमजोरीका कारण पनि अनुसंगको निकटता हराएको बताए । उनले भने, 'मेरो सवै भन्दा नराम्रो बानी म कसैलाई फोन गर्दिन सायद त्यसैले होला अनुसंग मात्र हैन धेरै साथीसंग मेरो भेटघाट र बोलचालको श्रृङखला हराएका छन् ।' आफ्नै डेब्यू फिल्म द युग देखि युग सम्मबाट अनुलाई पनि डेब्यू गराएका दीपेन्द्रले दोस्रो प्रोजेक्ट धर्मामा पनि अनुलाई दोहोर्‍याएका थिए तर धर्मा रिलिजसंगै उनीहरुको सम्बन्धको दुरी बढेको छ ।

 

चार बर्ष अघि ठमेल स्थित वियर बारमा भईरहेको एक म्यूजिक भिडियोको सुटिङको क्रममा अनुलाई देखेपछि दीपेन्द्रले द युग देखि युग सम्ममा हिरोईनका लागि फाईनल गरेका थिए । जुन यात्रा केही समय चल्यो तर आत्मिय सम्बन्धमा कसरी दुरी बढ्यो त्यो स्वयम दीपेन्द्रलाई थाहा छैन । उनले भने, 'हाम्रो सम्बन्ध विग्रिएको हैन मात्र यति हो कि हामी किप ईन टच छैनौ ।' सायद फेसबुक फ्रेन्ड नबन्नाले पनि हुन सक्छ गडफादरसंग अनुको निकटता हराएको हो । उनले भने, 'मैले पनि उनलाई रिक्वेष्ट पठाएको छैन उसले पनि तर यहि कुरालाई लिएर सम्बन्ध विग्रियो भन्नु चाहि गलत हो ।'


दीपेन्द्रले फोन सम्पर्कमा नरहने आफ्नो बानी छुटाएन भने आगामी दिनमा यसले धेरै असर गर्ने भन्दै जतिसक्दो सवैसंग फोन सम्पर्कमा रहने बानी विकास गर्ने पनि बताएका छन् । उनको मोबाईलमा आफूसंग काम गरेका अधिकांश कलाकारको नम्बर नहुनाले पनि यस किमिसको समस्या आएको बताए । दीपेन्द्रले चपली गर्ल विनितासंग पनि बोलचाल र भेटघाट नभएको महिनौ भएको बताए । भदौ ७ देखि नयाँ प्रयोगका साथ थ्रिडी फर्मयाटमा भिजिलान्ते फिल्म निर्देशन तयारीमा रहेका दीपेन्द्रसंग पाईपलाईनमा झोले र स्वामी रहेका छन् ।