मिति : २०८२ ज्येष्ठ १७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

निशा अधिकारीलाई `हिस्टेरिया` !

फिल्मीखबर, काठमाण्डौ, 2012/08/19

पछिल्लो समय निकै व्यस्त रहेकी नायिका निशा अधिकारीलाई हिस्टेरिया रोग लागेको छ । साउन महिनामा रिलिज भएको फिल्म मायाज बारमा बार गर्ल बनेकी निशा छायाँकनमा रहेको फिल्म 'पदमिनी' मा हिस्टेरिया रोग लागेको युवतीको भुमिका निर्वाह गरेको फिल्मीखबरलाई बुझ्नमा आएको छ ।

 

बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाको संयुक्त लगानीमा बन्न लागेको सो फिल्ममा निशाको साथमा सरिता गिरी, अनिल थापा, प्रदिप गिरी, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहनेछ । भारतमा संघर्ष गरेर नेपाल आएका राम प्यासीले निर्देशन गरिरहेको सो फिल्म उच्च कोटीको सहनशिल नारीको कथामा केन्द्रित रहेको बताईएको छ । भाद्र १ गतेबाट राजधानीमा धमाधम छायाँकन भईरहेको सो फिल्मको आईतवारबाट गीत रेकर्डिङ पनि शुरू गरियो ।

 

 

दिल तोडेर नजाउ बरु मारेर जाउ

मर्नु न बाँच्नु पारेर नजाउ

म त माया गर्ने मान्छे माया गरिरहन्छु

मेरो मुटुमा छुरा रोपेर नजाउ

 

माथिका हरफहरूलाई फिल्मका संगीतकार चेतन सापकोटाले लेखेका मात्र हैनन् कि स्वर पनि आफ्नै राखेका छन् । तीन वटा गीत समावेश गरिने सो फिल्मका बाँकी दुई गीत प्रमोद ढुंगाना र सहदेव ढुंगानाले लेखेका छन् । रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्नु पूर्व फिल्मीखबरसँग कुरा गर्दै चेतनले भने, 'यो फिल्मको गीतले मलाई एक स्टेप माथी पुर्‍याउन सहयोग पुर्‍याउनेछ ।'
 

परमानन्द सापकोटाको लेखन रहेको सो फिल्ममा शिब ढकालको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन रहने छ । फिल्ममा निर्देशक प्यासीकै करियोग्राफी रहने छ ।