
स्टारको ट्याग भिर्न लागेका नयाँ हिरो सुवास थापा विगत एक दशक देखि विवाहित रहेको रहस्य खुलेको छ । उनले २०६०सालमा नारायणघाटकी विनिता खड्कासंग विहे गरेका हुन् । यति सम्मकी सुवासको एक बर्ष र चार बर्षको छोरी पनि छिन् ।
शनिबार परेको जेठी छोरी दक्षिणाको बर्थ डेमा उनले आफू विवाहित रहेको रहस्य खोलेका हुन् । आफू निकट केही फिल्ममेकर र परिवारका केही सदस्य विच छोरीको चौथो बर्थ डे कार्यक्रम आयोजना गरेका सुवास नयाँ हिरोहरुको लिष्टमा सर्वाधिक आश गरिएका हिरो भनि चिनिन थालेका छन् । आलोक नेम्वाङ्गको सानो संसारमा हवल्दारको रोल त्यस पश्चात आलोककै अर्को फिल्म कोही मेरोमा डेब्यू हिरो हुँदै रजतपटमा पाईला टेकेका सुवासले पछिल्लो बर्ष ब्रेक फेल खेले जुन फिल्म खेले संगै उनको ब्ययस्तता निकै चुलिएको छ । सुवासले अभिनय गरेको प्रतिक्षित फिल्म फेसबुक यहि भदौ २२ देखि रिलिज हुदैछ । यसैगरी उनीद्धारा अभिनित अन्य आधा दर्जन फिल्म रिलिजको लिष्टमा छन् ।
थिएटरका कुशल कलाकार सुवासको राष्ट्रिय नाचघरमा प्रशिक्षण लिने क्रममा विनितासंग २०५६ सालमा लभ परेको थियो जुन लभको यात्रा चौथो बर्षमा प्रवेश गर्दा उनीहरु बैबाहिक बन्धनमा बाँधिए । 'नाचघरबाट घर फर्कदा उनी लोकन्थमा झर्थिन् अनि म सुर्यविनायक र त्यसो हुँदाहुँदै हाम्रो लभ पर्यो', सुवासले बर्थ डे माहोलमा भने । सुवासकी श्रीमती पनि रंगमंचकी कुशल कलाकार हुन् उनले नारायणघाटमा उत्कृष्ट नाटक लेखन र अभिनयबाट पहिलो पुरस्कार पनि जितेकी थिईन् ।
'यस्तै भयो अहिले हाउस वाईफमा सिमित हुनु परेको छ', विनिताले भनिन् । तर पनि पतिको सफलताको लागि उनले आफ्नो हरेक शक्ति प्रयोग गरेको बताएकी छिन् । 'उहाँ म भन्दा कान्छो देखिनु हुन्छ सायद मेरो केयरले होला', विनिताले भनिन् । सुवास विनिता भन्दा चार बर्ष जेठा छन् तर श्रीमतीको अगाडी उनी कान्छा देखिन्छन् ।