
बिश्वका केहि मुलुकमा प्रदर्शन भईरहेको फिल्म 'तुलसी' को गीत सार्वजनिक गरिएको छ । रञ्जित गजमेरले संगीत दिएको सो गीतमा ऋचा घिमिरे र बिम्लेश अधिकारीले आफ्नो मायाप्रेमको व्याख्या गरेका छन् । गीतमा सुरेश अधिकारीको शब्द तथा साधना सरगम र सानको स्वर सुन्न सकिनेछ ।
शंकर घिमिरे निर्मित तथा निर्देशित तुलसी फिल्ममा ऋचा र बिम्लेशको साथमा आयुष रिजाल, बिष्णु सापकोटा, जयकिशन बस्नेतको पनि मुख्य भुमिका रहेको छ । ऋचा घिमिरेको प्रस्तुती रहेको उक्त सामाजिक फिल्मका छायाँकार दीपक बज्राचार्य हुन् । फिल्मले जातभात र छुवाछुतको कथालाई मुख्य बिषय बनाएको छ ।