
सपुत फिल्मबाट निर्देशन सुरु गरेका झापली निर्देशक योगेश घिमिरे अहिले 'नोटबुक' मा आएका छन् । नोटबुक लोकेसन हन्टको लागि यति बेला निर्देशक योगेश घिमिरे र छायाँकार संजय लामा पूर्वको सुन्दर स्थान इलामको श्रीअन्तु आइपुगेका छन् ।
भाद्र ११ गते देखि फ्लोर जाने भनिएको प्रज्ञा फिल्मस्को चौथो प्रस्तुती रहेको फिल्म नोटबुकको पूर्वमा असोज १५ देखि ४० प्रतिशत सुटिङ गरिने र बाँकी काठमाण्डौमा नै गरिने निर्देशक घिमिरेले जानकारी गराए । पूर्व नेपालको पर्यटकिय स्थल रहेको श्रीअन्तु जहाँ बिहानीको पहिलो सुर्योदय अवलोकन गर्न सकिने स्थलबाट हालै मात्र लोकेसन हन्टको काम सकेर फिल्मीखबरलाई जानकारी गराउदै निर्देशक घिमिरेले भने- 'हामीले इलामको श्रीअन्तु, कन्याम, पशुपतिनगर, माइपोखरीमा लोकेसन फिक्स गरेका छौ ।'
फिल्ममा दुई गीत र अन्य दृश्यहरु समेटिने छन् । जसमा रहेको एउटा गीत 'रातो गालामा...' लेप्चा जातिको संस्कृतिलाई उठान गरिने पनि भएको छ । सो गीतमा नायक जीवन लुइँटेल र नायिका नीता ढुंगाना लेप्चा जातिमा देखिनुको साथै २५ जना कोरस पनि लेप्चा जातिकै भेषमा हुने छन् ।
प्रज्ञा फिल्मको चौथो फिल्म सम्म आइपुग्दा पनि निरन्तर योगेश घिमिरे नै मनोनियत भएका छन् यसलाई प्रज्ञा जोशी र योगेश घिमिरेको केमेस्ट्री मिलेको मान्न सकिन्छ । जीवन लुइँटेल, नीता ढुंगाना, सेन सापकोटा र सुनिल थापाको मुख्य अभिनय रहेको फिल्ममा बसन्त सापकोटाको संगीत छ ।