
बेईमानीले परकाष्टा नाघेपछि निर्माता कविता श्रेष्ठले आफ्नो फिल्म बाट निर्देशक शोभित बस्नतेको नाम हटाएकी छिन् । विभिन्न सामाजिक सेवाका लागि च्यारिटी शो गरिरहेकी श्रेष्ठले पोष्ट-प्रोडक्सनको अन्तिम समय र त्यस पछिका दिनमा निर्देशकबाट नैतिक सहयोग समेत नपाएछी नाम काट्न बाध्य भएकी हुन् ।
फिल्मीखबरसंगको कुराकानीमा निर्माता श्रेष्ठले भनिन्, 'मायाज बारको हल रिपोर्ट बुझ्न उसलाई फुर्सद हुन्छ तर आफ्नै फिल्मको च्यारिटीमा समेत उपस्थित हुन फुर्सद भएन ।' पोष्ट-प्रोडक्सनको समय देखि बढेको उनीहरुको दुरी प्लान रिलिज हुँदा सम्म बोलचालको बाताबरण सम्म ठप्प भएको थियो । फिल्मको रिलिज गर्ने नाममा विभिन्न हलबाट पैसा समेत उठाएर लिदा समेत आफूहरुलाई केही खबर नगरेको भन्दै कविताले फिल्मबाट निर्देशकको नाम काट्न बाध्य भएको बताईन् ।
कविताले घुमाउरो शैलीमा बस्नेतले आफूबाट आर्थिक ठगी गरेको पनि आरोप लगाएकी छिन् । तर यो बिषयमा निर्देशक बस्नेतसंगको प्रतिक्रिया लिने प्रयास गर्दा उनी आफ्ना दुवै फोन अफ गरी सम्पर्क विहिन छन् । 'ल पैसाको कुरा अर्कै होला त्यो भोली मिलाउला तर मेरो समेत फोन उठाउदैन उसले', कविताले रिसको वेगमा भनिन् । उनले शोभितसंग मिलेर बरदान बनाएकी थिईन् त्यस पश्चात प्लान ।
प्लानको रिलिजको समयमा पब्लीसिटीमा एक दिन पनि समय नदिएपछि कविताले शोभितसंग जिन्दगी काम नगर्ने बताएकी छिन् । 'म रेगुलर फिल्ममेकरको रुपमा स्थापित हुन चाहन्छु तर शोभित जस्तो निर्देशक रहुन्जेल हामी जस्ता निर्माता पलायन हुने स्थिति आउछ', कविताले खरो रूपले बताईन् । हाल पिताम्बर पाण्डेलाई लिएर तेस्रो फिल्म ढुवानी बनाईरहेकी कविताले पिताम्बरबाट धेरै कुरा सिक्नि सकिने पनि बताएकी छिन् ।
के गर्दैछन् शोभित ?
सधैभरि मिडियाको नजिक रहने शोभित आजकाल मिडियाबाट पनि टाढा रहन थालेका छन् । उनले यो पटक २५ औं फिल्मको रुपमा जाउँ हिड पोखरा निर्माण गरेका छन् । यो फिल्मलाई उनले आफ्नो करिअरको विशेष र सम्भबत अन्तिम फिल्म भनेका छन् तर केही फिल्ममेकरहरुले शोभितले लगानी कर्ताको अभावले निर्देशनमा सन्यास घोषणा गरेको पनि बताउने गरेका छन् । सत्य के हो एक दिन पक्कै बाहिर आउनेछ ।