
निर्माता यौवन राजभण्डारीको निर्माण तथा निर्देशक विमल पौडेलको निर्देशनमा सुटिङ सम्पन्न भएको नागरिक फिल्मको आईतबार देखि रेड स्टुडियोमा पोस्ट-प्रोडक्सन कार्य शुरु भएको छ ।
४५ लाखको लगानीमा निर्माण गरिएको फिल्ममा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, सरिता गिरी, पुष्पराज आचार्य, मोहन श्रेष्ठ, अनु शाह, सफलता खनालको मुख्य भूमिका रहेको छ । फिल्ममा राजनैतिक विषयवस्तु मात्र नभएर अन्य विषयवस्तुलाई समेत उजागर गरेको निर्माता बताउछन् । नागरिक बनाउनुको कारण के होला भन्ने जिज्ञासामा निर्माताले बाजे स्व. के. के. राईको जिबनीबाट प्रभाबित भएकै कारण आफुले खोजेकै जस्तो कथा बस्तु पाएकोले नागरिकमा लगानी गरेको बताए ।
नागरिक एउटा राजनैतिक फिल्म हो भन्ने हल्ला मात्र चलिरहेको अवस्थामा निर्माता राजनैतिक विषय मात्र नभई नागरिक आफै सचेत हुनुपर्छ र नागरिक सचेत भएमा देशको विकासमा टेवा पुग्दछ भन्ने सन्देश फिल्मले दिने निर्माता राजभण्डारीले फिल्मीखबरसँगको कुराकानीमा जानकारी दिए ।
निर्देशक पौडेलले यस अगाडि निर्देशन गरेका किसान र जनयुद्ध विशेष फिल्ममा पर्न सफल भएका थिए । उनले निर्देशन गरेको फिल्म नागरिकले विशेष चलचित्रको उपाधि पाउला या नपाउला त्यो त समयले नै बताउनेछ तर पनि निर्माता तथा निर्देशक नागरिकले पनि बिशेष सिनेमाको उपाधी पाउनेमा बिश्वस्त छन् । फिल्ममा कौडा, आईटम र देशभक्ति गरी ३ वटा गीत रहेका छन् । जसमा पुष्पराज आचार्यको शब्द, लक्ष्मण शेषको संगीत रहेको छ ।