मिति : २०८२ ज्येष्ठ १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

भिसा गर्लको एकैछिन... (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/08/17

प्रदर्शनको मिती नजिकिंदै गर्दा फिल्म भिसा गर्ल युनिटले पब्लिसिटीलाई तिब्र पारेको छ । केहि दिन अगाडी सार्वजनिक गरिएको प्रोमोलाई रूचाईएको पाईएको छ भने अहिले एकै छिन बोलको गीत रिलिज गरिएको छ । र, यो गीतलाई पनि दर्शकले मन पराउने युनिटको बिश्वास छ ।

 

कालिप्रसाद बाँस्कोटाको संगीतमा सन्तोष लामाको स्वरमा सजिएको सो गीतमा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्मा र रेमनदाश श्रेष्ठले अभिनय गरेका छन् भने रेनशा राईले सुन्दर ढंगले करियोग्राफी गरेकी छिन् । गीतलाई कालिप्रसाद बाँस्कोटा र सबिन 'एकतारे' ले रचना गरेका हुन् । सिजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको सो फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् भने फिल्मको कथा लेखन पनि उनैको हो ।

 

ऋचा शर्मा र विनय श्रेष्ठ सह-निर्माता रहेको प्रतिक्षित फिल्म भिसा गर्ल असोज १२ गते देशभर एकसाथ प्रदर्शनमा आउनेछ । हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षाको वरिपरी घुमेको बताईएको लाईट कमेडी फिल्म भिसा गर्लमा रीमा बिश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको पनि मुख्य अभिनय रहेको छ । फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।