
आजदेखि देशब्यापी रिलिज हुने तयारीमा रहेको हेल्लो प्रकृतिको राजधानी रिलिज अचानक रोकिएको छ । आन्तरिक कारण जनाउदै प्रोड्यूसर प्रविण भट्टराईले केही साताका लागि राजधानी रिलिज स्थिगित गरेको जनाएका छन् ।
'अचानक आजको भ्यालि रिलिज रोकेको छौ त्यसैले हाम्रो फिल्म आज मोफसलमा मात्र लाग्यो', फिल्मीखबरसंगको कुराकानीमा उनले भने । सवैभन्दा धेरै राजनीति सायद राजनीतिक दलहरुका बिच हुदैन होला तर यहाँ फिल्म चलाउने बिषयमा न त आफ्नो मान्छे भनिन्छ न त परिवार सायद यहि कुनै कारणले हेल्लो प्रकृतिको राजधानी रिलिज स्थिगित भएको अनुमान काटिएको छ । तर प्रोड्यूसर भट्टराईले त्यस्तो केही नभएको तर्क गरे पनि हिन्दी फिल्म एक था टाईगर रिलिजका कारण हल वालाले पेल्दा उनले काठमाण्डू रिलिज सार्न परेको बुझिएको छ ।
क्यूबाट आउने गंगा हलमा एक था टाइगर लगाईदिएपछि हेल्लो प्रकृतिले राजधानी रिलिज स्पेस नपाएको हो । यो बिषयमा कलंकी हलका सञ्चालक मदन शाक्य भन्छन् 'ठूला-ठूला हिन्दी फिल्म लागेको बेला नेपाली फिल्मको हालत यस्तै हुने हो । अझ डिसिएनले हिन्दी फिल्म देखाउन थालेपछि नेपाली फिल्मको बजार खत्तम ।' राजधानी रिलिज नहुनको कारण जे जस्तो भएपनि हेल्लो प्रकृतिले मोफसलका ३५ थिएटरबाट प्रदर्शन आरम्भ गरेको छ । यो फिल्मसंगै राजधानीमा साईडबाट लभ ईज लाईफ र तिमि विनाको जिवन आजबाट प्रदर्शनमा आएका छन् ।