
कहाँ भेटिएला हिट जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का मिलेर एकसाथ दुई फिल्म निर्माण गर्ने भएका छन् । हाल स्क्रिप्टको कार्य भईरहेको उक्त प्रोजेक्टको घोषणा औपचारिक रुपमा केही समय पछि गर्ने स्वेताले जानकारी दिएकी छिन् ।
पछिल्लो एक बर्ष यता कुनै पनि फिल्ममा नदेखिएकी स्वेताको जसरी डेब्यू फिल्म बल्कबस्टर भयो त्यस पछिका तीन फिल्म राम्रो चलेनन् तर पनि फिल्म अभिनयबाट हरेश नखाएको भन्दै जोशका साथ अब अभिनय संगै मेकिङमा आउने उनले फिल्मीखबरसंगको कुराकानीमा बताईन् । तपाई हराउनु भएको हो ? भन्ने फिल्मीखबरको प्रश्नमा स्वेताले आफ्नो बिजनेसलाई अगाडी बढाईरहेकाले फिल्ममा समय दिन नभ्याएको बताएकी छिन् ।
स्वेताको ईन्टेरियर तथा एक्सटेरियर कन्स्ट्रक्सनको व्यवसाय छ । यो एक बर्षको समयमा उनलाई केही फिल्मबाट अफर आए पनि उनलाई स्क्रिप्ट चित्त नबुझेपछि ती प्रोजेक्ट रिजेक्ट गर्दै आएकी थिईन् । उनले भनिन्, 'स्क्रिप्ट राम्रो नभएपछि फिल्म गरेर मात्र के गर्ने त्यसैले अब अत्यन्त राम्रो सब्जेक्टमा हामी केही साथीहरु मिलेर दुई बढी फिल्म बनाउदैछौं जसको स्क्रिप्टको काम हुँदैछ ।'
संयुक्त दुई प्रोजेक्टमा श्री र स्वेताका अलवा उनीहरुका निकट केही मित्रहरुको पनि लगानी रहने स्वेताको भनाई छ । यदि श्रीको लगानी स्वेतासंगको प्रोजेक्टमा भएमा श्रीकृष्णको होम प्रोडक्सन ब्यानर नेपा: मुभिजको नाम भने उल्लेख नहुने सम्भवना छ । दुई प्रोजेक्टको बजेट २ करोड हुने स्वेताले बताएकी छिन् ।