मिति : २०८२ ज्येष्ठ १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

सुन्तली माईको `लो एङ्गल` बिबाद

अनुप भट्टराई, काठमाण्डौ, 2012/08/16

निर्माता संघको प्रतिनिधित्व गर्दै चलचित्र बिकास बोर्डको स्क्रिप्ट अध्ययन समितिको सदस्य रहँदा निर्देशक सुरेश दर्पण पोखरेलले थुप्रै फिल्मको भद्धा स्क्रिप्ट काटिदिए तर उनैले निर्देशन गरेको थ्री लभर्सको सुन्तली माई बोलको गीतमा भने 'लो एङ्गल' ले स्थान पाएको छ जुन बिबादित हुने सम्भावना देखिन्छ ।


दुई दिन अघि सार्वजनिक गीतमा हिरोईन स्नेहा शर्माको अन्डर वेयर देखिएको छ । भिडियोमा सर्सर्ती हेर्दा निर्देशक दर्पणले नियतबस नै त्यसरी 'लो एङ्गल' राख्नमा प्राथामिकता दिएको बुझ्न सकिन्छ । अन्जानबस एक ठाँउमा त्यस्तो गल्ती भएको भए कुरा अर्कै हुन्थ्यो तर साढे तीन मिनेटको गीतमा तीन चार ठाउँमा क्यामेरालाई नै घुमाईए पछि यो बिषय बिबादको घेरामा घुम्ने संकेत देखिएको हो ।

 

उस्तै ड्रेसमा प्रियंका कार्की पनि देखिएकी छिन् तर उनको उपस्थिति हुनासाथ 'लो एङ्गल' हराएको छ । महिलाको सुन्दरतालाई फिल्माकंन गरी बेच्न पाईन्छ तर महिलाको ईज्जतमा प्रश्न लाग्ने गरी त्यो सुन्दरता बेच्ने प्रयास गर्नुलाई तपाई के भन्नुहुन्छ ? यो बिषयमा सम्पादक दीर्घ खड्कासँग बुझ्ने क्रममा उनले विवादबाट पन्छिदै निर्देशक र क्यामेराम्यानलाई यो प्रश्न सोध्नु भनी उत्तर दिए । उता निर्देशक सुरेश दर्पणसँग प्रश्न गर्दा उनले आफूलाई सो दृश्य भद्धा नलागेकाले राखेको बताए ।

 

निर्देशक दर्पणले उक्त दृश्यमाथि मासले आपत्ती जनाएमा  हटाउने पनि तर्क दिए । 'त्यो दृश्य भल्गर भन्दा पनि ब्यूटिफुल लाग्यो र हामीले राखेका हौं यदि मास र मिडियाले दृश्यमाथि आपत्ति जनाएको खण्डमा म काट्न तयार छु', 'लो एङ्गल' को बिषयमा दर्पणले फिल्मीखबरसंगको कुराकानीमा भने । तर दर्पणले त्यसो भने पनि सो गित अहिले यु ट्यूब मार्फत संसारभर फलिएको छ ।
 

उता 'लो एङ्गल' को शिकार भएकी हिरोईन स्नेहा शर्मा जो सुरेश निकट हुन् उनले गीत हेरि नसकेकाले यो बिषयमा तत्काल प्रतिक्रिया नदिने बताएकी छिन् । उनले भनिन्, 'मेरो घरमा यु ट्यूव खुलेको छैन तर तपाईको कुराले मेरो दिमाग घुमिरा'छ ।' यसैगरी दृश्य खिच्ने क्यामेरा पर्सन पुरुषोत्तम प्रधान ढुवानीको सुटिङका क्रममा नेपालगञ्ज रहेकाले उनले पनि सार्वजनिक गीत हेर्न पाएका छैनन् तर उनले अहिलेको अवस्थामा सो कुरामा आपत्ति जनाउन नमिल्ने भन्दै आफ्नो तर्क पेश गरे ।