मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

भदौमा फिल्मको भेल

फिल्मीखबर, काठमाण्डौ, 2012/08/16

भाद्र महिनाको १ गते अर्थात भोली शुक्रबारबाट हेल्लो प्रकृति, तिमी बिनाको जीवन र लभ इज लाईफ प्रदर्शनमा आउँदैछन् । अहिलेका युवा युवतीको प्रेमकथाको साथमा कमेडीलाई समेत प्रमुखताका साथ प्रस्तुत गरिएको हेल्लो प्रकृतिलाई सुनिल पाण्डेले निर्देशन गरेका हुन् भने माया गर्ने समस्या भन्दा पनि त्यो सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने कुरालाई उठाईएको फिल्म लभ इज लाईफलाई एल एन गौतमले निर्देशन गरेका हुन् ।

 

दृष्टि प्रोडक्सनको पहिलो प्रस्तुती हेल्लो प्रकृतिमा सुमिना घिमिरेको साथमा डेब्यू गर्दै अनिल थापाले अभिनय गरेका छन् । शिबम अधिकारीको लेखन रहेको  फिल्ममा शुसिल पोख्ररेल र बिजय देउजाको पनि मुख्य भुमिका रहेको छ । यो फिल्मबाट लामो समयपछि संगीतकार भुपेन्द्र रायमाझी कमव्याक भएका छन् । फिल्मलाई प्रबिन खत्री, श्याम थापा र प्रबिण भट्टराईले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

 

यता शंकर अधिकारी घायलको कथा, पटकथा, संवाद र निर्माण रहेको फिल्म लभ इज लाईफमा आयुष रिजाल, मनिता दाहाल, युनिश ढुङ्गाना, सुनिता थपलिया, सुशान्त कार्की, आशा भुसाल, सुरवीर पण्डित लगायतको अभिनय रहेको छ । फिल्ममा शंकर अधिकारीको संगीत रहेको छ । यस्तै भोली शुक्रबार राज शाक्यले निर्देशन गरेको फिल्म तिमी बिनाको जीवन क्यू सिस्टमबाट रिलिज हुने बताईएको छ । विराज भट्ट, जेनिशा केसी, सुमन सिंह र सोभिता सिम्खडाको अभिनय रहेको यो फिल्म मोफसलमा भने रिलिज भईसकेको छ ।
 

भाद्र १ गते यि तीन फिल्मले रिलिजको खाता खोले पछि ८ गते साईड बाट बिन्दास र फोर्स रिलिज हुनेछ भने क्यू सिस्टमबाट सोहि दिन  संसार आफ्नै पनि राजधानीमा रिलिज हुनेछ  ।  यसैगरि  १ ५ गते फुलस्टप,बर्सात  र  नमस्ते, रिलिज हुनेछ । त्यस्तै भाद्र २२ मा  फ्रेश फिल्मको रुपमा धुँवा यो नशा को साथमा फेसबुक रिलिज हुनेछ भने सोहि दिन सिंदूर पनि रिलिज हुनेछ । र भदौको आन्तिम शुक्रबार २९ गते  बडीगार्ड, ब्ल्याक मेल र खोज रिलिज हुनेछ ।