
पूर्ण हाँस्यप्रधान भनिएको फिल्म 'नमस्ते' ले लामो समयको कुराई पश्चात प्रदर्शनको पालो पाउने भएको छ । बिजय विक्रम बस्नेत निर्देशित यो फिल्म भाद्र १५ गते रिलिज हुनेछ ।
तिर्थभक्त भिजन प्रालिको व्यानरमा ज्ञानकुमार चापागाईंले निर्माण गरेको सो फिल्मको कथा निर्देशक बस्नेतले नै लेखेका हुन् । फिल्ममा दिलिप रायमाझी, राजिब हिमशिवा, सोनिया केसी, कल्पना शाही, गोपाल ढकाल 'छन्दे', शुसिल पोखरेल, किरण केसी, अपेक्षा अधिकारी, सन्तोष तामाङ लगायतले अभिनय गरेका छन् ।
विकाश चौधरीको संगीत, अष्ट महर्जनको द्धन्द, शिब पुरीको सम्पादन तथा डिजे एलएक्सको पार्श्व संगीत रहेको सो फिल्मलाई लोकचन्द्र थापाले खिचेका हुन् । राजेश हिमशिवा फिल्मका सह-निर्माता हुन् ।