Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

बिनिताले कतारमा धमाका मच्चाउने

शैलेन्द्र कठायत, दोहा, 2012/08/15

गत बर्षको हिट फिल्म 'चपली हाईट' की नायिका बिनिता बरालले कतारमा रहेका नेपालीहरू माझ धमाका मच्चाउने भएकी छिन् । मुस्लिम धर्मावलम्वीहरुको पवित्र महिना रमादान र इदको अवसर परेर कतारमा आयोजन गर्न लागिएको 'इद धमाका २०१२' मा सहभागी हुन शुक्रबार बिनिता कतार आईपुग्नेछिन् ।

 

आफू अभिनित दोस्रो फिल्म 'फुलस्टप' को प्रोमोशनलाई समेत ध्यानमा राखेर बिनिताले कार्यक्रममा आफ्नो बिशेष प्रस्तुती देखाउने छिन् । आयोजकका अनुसार बिनिताले फुलस्टपको ‘दिल जाना’ र ‘अल्लारे मायाको’ बोलको गीतमा हट हट नृत्य प्रस्तुत गर्नेछिन् । पहिलो पटक बिदेशमा रहेका नेपालीहरुलाई आफ्नो हट जवानी देखाउने अबसर पाएकी बिनिताको प्रस्तुती कस्तो हुने हो त्यो त हेर्न बाँकी नै छ ।

 

लक्ष्मण खतिवडाको व्यवस्थापन तथा स्याङ्गजा सहयोग समाज दोहा कतारको विशेष सहयोगमा आयोजना हुन गइरहेको ईद धमाकामा हट गायिका इन्दिरा जोशीले उध्रेको चोली सहितका गीत गाएर दर्शकलाई नचाउने छिन् । चर्चित आरजे कला सुब्बाले सञ्चालन गर्ने सो कार्यक्रममा पछिल्लो समय निकै चर्चामा आएका गायक प्रमोद खरेलले पनि आफ्नो प्रस्तुती दिनेछन् । साथमा हाँस्यकलाकार सिताराम मट्टेल (धुर्मुस), कुन्जना धिमिरे (सुन्तली), गायिका मल्लिका कार्की, गायक धिरज राई, लोक गायक टिका क्षेत्री लगायतले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।