मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र शलभ फिल्म निर्देशनमा कमब्याक

फिल्मीखबर, काठमाण्डौ, 2012/08/15

झण्डै डेढ दशको विश्राम पछि निर्देशक राजेन्द्र शलभ फिल्म निर्देशनमा कमब्याक हुदैछन् । 

 
समकालिन एक मित्र  जो थिएटर आर्टिष्ट हुन उनको लगानीमा उनले नयाँ फिल्म निर्देशन प्रक्रियालाई अगाडी बढाएका छन् । फिल्मीखबरसंगको कुराकानीमा शलभले चाढैनै निर्देशनमा कमब्याक हुने तयारीमा आफू लागि परिरहेको बताएका छन्  । फिल्ममा लगानी गर्ने साथीको नाम तत्काल घोषणा नगर्ने भन्दै उनले भने 'थिएटरमा संगै काम गरेको मेरो साथीले लगानी गर्ने ईच्छा देखाएकाले म निर्देशनमा फर्किन लागेको हुँ ।'
 
 कुन जनरको फिल्म बनाउने सोचाईमा हो भन्ने फिल्मीखबरको प्रश्नमा शलभले स्क्रिप्ट छनौट प्रक्रिया जारी रहेकाले जनरको टुङ्गो लागि नसकेको बताए । उनले भने 'स्क्रिप्ट छनौट कार्य भईरहेको छ र पनि हामी नयाँ स्क्रिप्टको खोजिमा छौ त्यसैले पहिला स्क्रिप्ट फाईनल हुनासाथ फ्लोरमा जान ठूलो कुरा भएन ।' 
 
'बिजय पराजय', भाउजु,  परिभाषा र 'भन्नै सकिन' निर्देशन गरेका शलभ अमेरिकी गरिन  कार्ड त्यागी नेपालमै केहि गरु भन्ने  सोचका साथ  उनी सिजी ईन्टरटेन्मेन्टमा प्रबन्ध निर्देशकको रुपमा कार्यरत छन् ।