
अहिले सामाजिक संजाल फेसबुकमा नेपाली फिल्म फेसबुकको 'कपिराईट' को बारेमा निकै बहस हुन थालेको छ । कतिले यो नाम अबैधानिक भनेका छन् भने कतिले नेपाल सरकारले मान्यता दिएकाले केहि नहुने बताएका छन् त कतिले नेपाल जस्तो मुलुकमा 'कपिराईट' ले कुनै अर्थ नराख्ने समेत बताएका छन् । जस्ले जे बताए पनि फिल्म निर्माण युनिटले भने भाद्र २२ गते यो फिल्मलाई नेपालभर एकसाथ रिलिज गर्दैछ ।
गत महिना कोरियामा प्रिमियर गरिएको सुरज सुब्बा निर्देशित यो फिल्मलाई १९ र २० अगस्टमा अष्ट्रेलियामा रिलिज गरिंदैछ । फिल्म रिलिज मिती नजिकिदै गर्दा फेसबुक टिमले नयाँ प्रोमो पनि सार्वजनिक गरेको छ । फेसबुकबाट हुने फाईदा बेफाईदाका कुराको साथमा बेरोजगार युवाहरूको कथालाई बुनेको यो फिल्ममा राजेश हमाल, झरना थापा, सुनिल थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, अनुराग मान सिंह कुवँर, मार्टिन खान, विल्सन विक्रम राई, सुमन गैरे लगायतले अभिनय गरेका छन् ।
सुनिल कुमार थापाले निर्माण गरेको सो फिल्मलाई निर्देशक सुब्बाले नै लेखेका हुन् भने संगीत सुनिल बर्देवा, द्धन्द रोशन श्रेष्ठ, छायाँकन संजय लामाको रहेको छ ।