मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा रंग पत्रकार समूह गठन

फिल्मीखबर, पोखरा, 2012/08/14

फिल्म तथा रंग क्षेत्रका समाचार सम्प्रेषण गर्दै आएका पोखराका पत्रकारहरु संगठित भएका छन् । रंग विधा अर्न्तगत पर्ने विभिन्न विषयवस्तुमाथी अझ शसक्त रुपमा कलम चलाउन र ती विषयवस्तुमाथी छलफल गर्न उनीहरु संगठित भएका हुन् ।

पत्रकारहरुले ‘रंग पत्रकार समुह’ गठन गरेर सामुहिक रुपमा रंग पत्रकारिताको क्षेत्रलाई उठाउन लागेका तम्सिएका छन् । रंग पत्रकार समूहको अध्यक्षमा शुक्रबार साप्ताहिकका मनोज घर्ती मगर, उपाध्यक्षमा कलम दैनिकका राजाराम पौडेल, सचिवमा गोर्खाली रेडियोका संजय मल्ल, सह-सचिवमा आदर्श नेपाल दैनिकका रेम बिक र कोषाध्यक्ष पोखरा एक्सप्रेस पाक्षिककी जमुना शर्मा छन् ।

समितिको सदस्यहरुमा गण्डकी खबर दैनिकका दिपक परियार, समाधान दैनिकका अर्जुन गिरी, विग एफएमका सन्जोग बस्याल, पोखरा आवाज दैनिकका हिमाल लम्साल, एभिन्यूज टेलिभिजनका सागर राज तिमिल्सिना र जक्सन डटकमका भूपाल गुरुङ रहेका छन् ।

‘पोखरामा रंग विधाका क्रियाकलापहरु बढ्दै गएको सन्दर्भमा पत्रकारिता मार्फत यहाँको सकारात्मक र नकारात्मक कुराहरुलाई उजागर गर्न आवश्यक छ’, संयोजक मनोज घर्तीमगरले भने–‘त्यसैले हामी संगठित भएका हौँ ।’ समुहले रंग सम्बन्धि विभिन्न विषयबस्तुमाथि वृहत छलफल समेत गर्नेछ । फिल्मको प्रोमोशनमा पोखरा आउने विभिन्न फिल्मका निर्माण पक्षलाई समेत समुहले प्रोमोशन गर्न सघाउने छ ।

समुहका सचिव संजय मल्लले नेपाली फिल्म तथा नेपाली संगीतमा देखिएका विकृति विसंगतिलाई चिरफार गर्दै रंग विधाको विकासका लागी समुह गठन गरेको दावी गरे । केहि समयमै पोखरामा फिल्म, संगीत र साहित्य सम्बन्धि अन्तरक्रिया समेत गर्ने सचिव मल्लले बताए ।