मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो `प्रमिश`

फिल्मीखबर, काठमाण्डौ, 2012/08/14

२३ दिन सिंगापुरमा र १५ दिन नेपालमा सुटिङ गरि सुरज सुब्बा निर्देशित फिल्म 'प्रमिश' को आज मंगलबार इन्डक्ल्याप गरिएको छ । डाईलग सहितको सिन सोमबार सकिए पनि प्याचअपका केही दृश्य बाँकी उक्त फिल्मको आज कमलादी स्थित सडक परिसरबाट ईन्डक्लयाप गरिएको हो ।

 

'आज ईन्डक्लयाप गरियो अब पोष्ट-प्रोडक्समा बिजी हुने छु जुन मेरो रेष्ट पनि हो', बाटोमा एक्सन कट भनिरहेका बेला निर्देशक सुब्बाले भने । उनले मेरो भ्यालेन्टाईन प्याकअप भएको चार दिन पश्चात प्रमिशको सुटिङ सुरु गरेका थिए । यो दुई महिनाको अवधिमा उनले मेरो भ्यालेन्टाईन र प्रमिशलाई तयार गर्ने छन्  र असोज देखि वितेका पलको सुटिङ सुरु गर्ने छन् ।


बाटो मुनिको फुलका निर्माता राजेश घतानीको दोस्रो प्रोजेक्ट हो 'वितेका पल' जसमा प्रमिशकै लिड हिरोईन केकीलाई सुब्बाले दोहोर्‍याउँदै छन् । टिएनआरजी प्रोडक्सनले निर्माण गरेको प्रमिशमा केकी सहित अनुराग मान सिहं कुवँर, आकाश खवास, मार्टिन खान तथा सिंगापुरे दुई पुलिस नर लिम्बु र रमेश राईले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् ।

 

नेपाली फिल्मी ईतिहासमै पहिलो पटक २० जनाको जम्बो टोलि लिएर सिंगापुर सुटिङमा निस्किएका निर्देशक सुब्बा पोष्ट-प्रोडक्सनको पिरियडमा भदौ २२ देखि रिलिज हुने फेसबुकको प्रोमोशनमा पनि हिड्ने छन् । फेसबुक उनीद्धारा निर्देशित पछिल्लो फिल्म हो जो भदौ महिनामा रिलिज हुने फिल्महरुको लिष्टमा प्रतिक्षित छ ।