मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलिउडमा आर्यन र नम्रताको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2012/08/14

भदौ महिनामा सुटिङ हुने फिल्महरुको लिष्टमा कलिउड पनि थपिने भएको छ । लामो समयको टेलिभिजन पत्रकारिता पछि भिजे नवराज आचार्यले डेब्यू फिल्मको रुपमा निर्देशन गर्न लागेको उक्त फिल्मको आज उपयूक्त साईत जुराउदै शुभमुहुर्त पनि गरियो । फिल्मको मुहुर्त गणेश भगवानको सामुन्ने नायक आर्यन सिग्देलले नरिवल फोडेर गरेका थिए ।

 

'घरमा हुने पुजाआजामा कहिले यसरी बसेको थिईन फष्ट टाईम बसिराछु', पण्डितलाई जिस्काउदै आर्यनले शुभमुर्हुत समारोलाई रमाईलो बनाएका थिए । 'भदौ महिनाबाट मलमास लाग्ने भएकाले सो समयमा कुनै पनि काम सुरु गर्न धार्मिक दृष्टीकोणले राम्रो नहुने भएकाले आज शुभमुर्हत गरिएको हो', कमलादि स्थित गणेश मन्दिर परिसरमा आचार्यले भने । हिरोईन बन्ने चाहाना राख्ने एक हिरोईनको संघर्षको कथा भनिएको सो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फष्ट लिड रोलमा रहने छन् ।

 

नम्रता र आर्यन मेरो एउटा साथी छ रिलिज भएको चार बर्ष पश्चात पुनः दर्शकमाझ यो फिल्म मार्फत देखिन लागेका हुन् । यसैगरी विष्णु कार्की पनि यो फिल्ममा मुख्य कलाकारको रूपमा अभिनय गर्दैछन् । ब्रजेश खनालको स्क्रिप्टमा तयार हुन लागेको सो फिल्ममा अपकमिङ स्टार प्रियंका कार्की पनि एक आईटम गीतमा देखिने छिन् । 'उहाँ जस्तो नाच्नमा पर्फेक्ट हिरोईनसंग पहिलो पटक काम गर्दैछु त्यस माथि आईटम गीत भएकाले यो मेरो ड्रिम जस्तै हो', कोरियोग्राफर रेनाशा राईले खुशी ब्यक्त गरिन् ।

 

 

बलिउडमा कैटरिना कैफ आईटममा पनि जमे झै आफूले पनि यस फिल्म मार्फत केही सफलता हात पार्ने प्रियंकाले बताईन् । फिल्ममा थप दुई गीत पनि हुने छ जस मध्ये एक गीतको सुटिङ भने कतारमा हुने बताईएको छ । कलिउडका तीन गीतमा प्रदीप बाँस्तोलाको संगीत रहने छ । उनी पनि रजतपटमा यहि फिल्म मार्फत संगीतकारको रुपमा डेब्यू गर्दैछन् । सम्भवत प्रदीप फिल्ममा संगीत भर्ने कान्छा संगीतकार हुन् भन्दा फरक नपर्ला ।

 

कुमार खड्काको लगानीमा प्रिजोन ईन्टरटेन्मेन्टको ब्यानर मार्फत बन्न लागेको उक्त फिल्मको बजेट ५० लाख तय गरिएको छ । सुटिङ सुरु भएको तीस दिन भित्र प्याकअप गर्ने लक्ष्य बनाईएको सो फिल्मलाई हरि हुमागाईले खिच्ने छन् भने फाईट अष्ट महर्जनको रहने छ । नेपाली रजतपटलाई विश्वब्यापीकरण रुपमा हेर्दा कलिउड भन्ने ट्याग आफैमा विवादित रहेको छ जुन कुरालाई स्वयम निर्देशक आचार्यले पनि स्विकारेका छन् र यहि विवादलाई केही हदसम्म कम गराउने प्रयास आफूले यस फिल्म मार्फत गर्ने उनको तर्क पनि छ ।
 

 

Picture Gallery : http://www.filmykhabar.com/pictures/440