मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्क्रिप्ट राईटर ब्रजेश निर्देशक बन्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/08/14

फिल्मको कथा लेखनमा लामो समय बिताएका ब्रजेश खनाल अब निर्देशन बन्ने भएका छन् । हाल प्रि-प्रोडक्क्सनमा रहेको सो फिल्मको नाम सम्भवत 'एक तीन सात शून्य' राखिनेछ ।

 

'अरूको लागी धेरै लेखें अब आफ्नै लागी फिल्म लेख्दैछु', फिल्मीखबरसँग कुरा गर्दै ब्रजेशले भने,'स्क्रिप्टको काम लगभग सकिएको छ सम्भवत दशैं पछि सुटिङ शुरू गर्छु ।' थुप्रै निर्माता निर्देशकका लागि मसलेदार कथा लेखेका ब्रजेशले आफ्नो फिल्म भने बिना मसलाको अर्थात फाईट र गीतलाई स्थान नदिने बताए । फिल्ममा गीत समावेश नगरिए पनि दीपक बज्रचार्यले प्रोमोश्नल गीत भने बनाउँदै गरेको ब्रजेशले बताए । उनले भने, 'यो गीत पब्लिसिटीका लागि मात्र हुनेछ ।'

 

सकेसम्म नयाँ अनुहारलाई लिएर फिल्म निर्देशन गर्न लागेका ब्रजेशले एउटै लोकेशनमा फिल्मको सुटिङ सक्ने बताए । '६ जना कलाकारको अभिनय रहने मेरो फिल्मको लोकेशन एउटा मात्र हुनेछ', ब्रजेशले थपे, 'लोकेशन एउटै भए पनि मैले दर्शकलाई मन पराउने फिल्म नै बनाउँछु ।' फिल्ममा बढि हाउभाउ तथा धेरै लोकेशन राख्दैमा फिल्म राम्रो नबन्ने बताउँदै ब्रजेशले फिल्मको कन्टेन्ट र प्रस्तुती राम्रो भए दर्शकले फिल्मलाई स्विकार्ने बताए ।

 

कन्यादान, बादलपारी, तृष्णा जस्ता फिल्म निर्माण गरेर लामो समयपछि पुन: फिल्म निर्माणमा सक्रिय बन्न लागेका बिनोद शेरचन ब्रजेशको फिल्मका निर्माता हुन् । ट्रक ड्राईभर, विजय पराजय, मोहनी, गोठालो, नाता, नेपाली बाबु, करोडपती, म तिमी बिना मरिहाल्छु, बजार सहित ६० भन्दा बढि फिल्मको कथा लेखेका ब्रजेशले अब फिल्म लेखनमा संख्या नथप्ने बताए । गुणात्मक फिल्मलाई अब बिशेष जोड दिने बताउँदै ब्रजेशले फिल्म निर्देशनलाई बिशेष प्राथमिकता दिने पनि बताए ।

 

अधिकांश सफल फिल्मका स्क्रिप्ट राईटर ब्रजेशले लेखेको ग्ल्याम्बर, समय र एउटा मान्छेको फिल्म रिलिजको क्रममा छ भने बन्न लागेको फिल्म कलिउड हो ।