
अनलाईन पब्लिसिटीलाई तिब्रता दिंदै प्रदर्शनको तयारीमा रहेको फिल्म 'थ्री लभर्स' को अर्को गीत पनि सार्वजनिक गरिएको छ । 'सुन्तली माई...' बोलको सार्वजनिक गीतमा अभिनय गर्ने सुन्तलीहरूको झट्कालाई दर्शकले कत्तिको रूचाउँछन् हेर्न बाँकी छ ।
फिल्मीखबर मार्फत सार्वजनिक गरिएको उक्त गीतमा राजन इशानको संगीतमा राजन इशान, इन्दिरा जोशी र धमेन्द्र सेवानको स्वर सुन्न सकिनेछ । थ्री लभर्स डेब्यू हेरो देबु श्रेष्ठको शब्द रहेको सो गीतमा देबुको साथमा प्रियंका कार्की, धिरेन्द्र राज थापा र स्नेहा शर्माको अभिनय रहेको छ । गीतमा कविराज गहतराजको केहि फरक करियोग्राफि हेर्न सकिनेछ ।
एउटा अनौठो प्रेमकथा भनिएको सो फिल्मलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका हुन् भने निर्माता सागर पोखरेल, स्टोरी पोखरेल र प्रिन्स श्रेष्ठ हुन् । निरज बराल, सुमन गैरे र पूजा शर्माको समेत अभिनय रहेको सो फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् भने छायाँकन पुरूषोत्तम प्रधानको रहेको छ । दीर्घ खड्कले सम्पादन गरेको फिल्ममा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । यो फिल्म नेपालमा कार्तिक २४ गते रिलिज हुने बताईएको छ ।