मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुप बरालले भने- `सुनगाभा लुट पछिको अर्को श्रृङखला`

फिल्मीखबर, काठमाण्डौ, 2012/08/13

अभिनेता अनुप बरालले गत बर्षको बल्कबष्टर फिल्म लुट पछिको अर्को श्रृङखला भनी सुनगाभालाई संज्ञा दिएका छन् । आईतबार काठमाण्डूमा आयोजित प्रेस मिटमा अतिथिको रुपमा निम्ताईएका बरालले फिल्म हेरिसकेपछिको आफ्नो अनुभूति सुनाउदै सुनगाभालाई लुट स्तरको संज्ञा दिएका हुन् ।

 

बरालले भने, 'यो फिल्ममा पात्र चयन देखि कलाकारको अभिनय अनि संवाद जीवन्त ढङ्गले प्रस्तुत गरिएको छ त्यसैले यो लुट जस्तै नयाँ प्रयोग भएको अर्को फिल्म हो ।' बरालले सुनगाभाको प्रस्तुती शैलीलाई नयाँ ट्रेण्ड पनि भनेका छन् । विशेषत यो फिल्मको छायाकंनको केही दृश्य अत्यन्त मन छुने खालको रहेको बरालले बताए । बरालले शुत्रवादी परम्परा भन्दा धेरै माथि उठेर यसका निर्देशकले फिल्म तयार गरेको तर्क पनि दिए ।


रंगकर्मी सुवर्ण थापा निर्देशित उक्त फिल्मको पोष्ट-प्रोडक्सनको केही काम बाँकि छँदा नै बरालले हेरेका थिए जसले उनको मन छोएको थियो । समलिङ्गीको कथामा आधारित उक्त फिल्मको नेपाल रिलिज मिति फाईनल भईसकेको छैन तर विदेशी भूमिको तीन वटा फिल्म फेस्टिवलमा यो फिल्म पर्न सफल भएको छ । प्रेस मिटमा दिएको जानकारी अनुसार क्यानडामा भदौ ७ देखि १८ गते सम्म हुने वर्ल्ड फिल्म फेस्टिवलमा सुनगाभा सहभागी हुदैछ भने असोज १० देखि २० सम्म जर्मनीमा हुने ईन्टरनेशनल ह्याम्बर्ग फिल्म फेस्टिवल र असोज २३ देखि २७ गते सम्म फ्रान्समा हुने ईन्टरनेशनल फेस्टिवल अफ युथ डिरेक्टर्समा पनि यो फिल्म पर्न सफल भएको छ ।

 


राम्रो काम गर्नेहरुको पछाडी खुट्टा तान्ने हातहरु हुन्छन् जुन महसुस उक्त फिल्मका निर्देशकले पनि भोगेका रहेछन् त्यसैले उनले प्रेसमिटमा आक्रोशित शैलीमा भन्दै थिए, 'यो फिल्म कसैको भर्‍याङ चढेर बनाईएको हैन मेरो आँखाले बनाएको हो ।' प्रेसमिटमा फिल्मका मेन काष्ट निशा अधिकारी र दिया मास्के ढिला गरी आएका कारण पनि उनको पारो तातेको अनुमान लगाउन सकिन्थ्यो । यस्तै अर्का प्रमुख कलाकार सौगात मल्ल पनि कार्यक्रममा उपस्थित हुन नसक्दा निर्देशक थापाको मन खुसी देखिन्थेन ।


फिल्ममा लक्ष्मी गिरी नेवारी महिलाको भूमिकामा छिन् भने बसुन्धरा भुसाल छोरीको भावना नबुझ्ने आमाको रुपमा प्रस्तुत भएकी छिन् । नयाँ निर्देशकको भिडमा आशावादी भएर देखिएका सुवर्णको काम गराई शैलीको लक्ष्मी गिरीले खुलेर तारिफ गरेकी थिईन् । उनले भनिन्, 'घरेलु बाताबरणमा फिल्म खिच्ने उनको शैली मलाई एक दम मन पर्यो त्यसैले नयाँ निर्देशकहरुको लिष्ट केलाउनु पर्दा सुवर्णको नाम पक्कै आउछ ।' सुवर्ण थापा हाल फ्रान्समा बसोबास गर्छन् जसले सन् २००७ मा मलामी नामक सर्ट फिल्मबाट निर्देशन यात्रा सुरु गरेका हुन् । सुनगाभामा दुई समलिङ्गी महिलाको आकर्षण, संसर्ग र भावनात्मक परकाष्ठाको ब्यथा चित्रण गरिएको बताईएको छ ।