मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

बिन्दासको संवादमा लाग्यो सेन्सर

फिल्मीखबर, काठमाण्डौ, 2012/08/13

केहि संवादहरूमा सेन्सर लागेको फिल्म बिन्दासले 'एडल्ट सर्टिफिकेट' पाएको छ । छायाँकन पूर्व नै चर्चामा आएको सो फिल्मका दृश्यमा अबरोध नपुर्‍याई सेन्सर बोर्डले केहि संवादमा 'बिप' हाल्न लगाएर 'ए' सर्टिफिकेट बिन्दास युनिटलाई थमाएको हो ।

 

सेन्सर पाए भएपछि फिल्मीखबरसँग कुरा गर्दै निर्देशक राजु गिरीले सेन्सर बोर्डका सदस्यले निकै तनाव दिएको बताए । उनले भने, '४/५ पटक सम्म सेन्सर गर्न लगाएर सर्टिफिकेट त दिए तर दु:ख निकै पाईयो ।' निर्देशक गिरीले बोर्डले सेन्सर लगाएको संवादमा आपत्ति समेत जनाएका छन् । बोर्डले अंग्रेजीमा बोलेको जस्तो संवाद भए पनि पास गर्ने गरेको बताउँदै सेन्सर नै लाग्न नपर्ने संवादमा सेन्सर लगाएको बताए ।

 

फिल्मका केहि दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाएको थियो तर हामीले अनुरोध गरेर काट्न दिएनौं', राजुले भने,'सेन्सर बोर्डमा फिल्म नबुझेका मान्छे भएकाले हामीले दु:ख पाउनु परेको हो ।' यहि भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको छ । शुष्मा कार्की, शुशान्त कार्की, अशोक फुयाल र रोशनी घिमिरेको मुख्य अभिनय रहेको फिल्मलाई मधुकुमार श्रेष्ठ र राजु केसीले निर्माण गरेका हुन् ।