
नेपाली फिल्म क्षेत्रमा महिला क्याप्टेन अर्थात निर्देशकको संख्या न्यून छ । सुचित्रा श्रेष्ठले पहिलो पटक 'प्रेमयुद्ध' फिल्म निर्देशन गरेर नेपाली फिल्मको इतिहासमा नाम राखिन् । त्यसपश्चात रक्षा सिंहले 'द गेम फिल्म' बाट महिला निर्देशकको लिस्टमा आफ्नो नाम दर्ता गराईन् । अहिले फेरि एउटी महिला 'अन्तराल' नामक फिल्मबाट निर्देशक बन्दैछिन् ।
युवा वर्गलाई लक्षित गरी निर्माण शुरू गरिएको दीपा बस्नेतले निर्देशन गर्ने फिल्म 'अन्तराल' को सोमबार बिहान मुहुर्त गरियो । जीवनसाथी फिल्म्सको व्यानरमा वि.वि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेको लगानी रहने सो फिल्ममा अभिनय गर्ने अधिकांश कलाकार नयाँ छन् । अभिमन्यू निरवीको लेखन रहेको सो फिल्ममा रुवी राणा, अमितेश शाह, राजकुमार पुडासैनी, कमलमणी नेपाल, घनुभाइ जोशी, लोकेन्द्र लेखक, मानव सुवेदी, उज्जवल शर्मा भण्डारी, नवराज खड्का, नम्रता सापकोटा, असिस्मा नकर्मी, जेसिका बोगटी लगायतले अभिनय गर्नेछन् ।
जीन्दगी दौड हो र यहाँ हिम्मत नहारी दौडिरहने व्यक्तिले के सम्म गर्न सक्छ र जीवनलाइ लक्ष्य बिहिन र कर्म बिहिन बनाउँदा मान्छे कहाँ सम्म पुग्न सक्छ भन्ने कुरालाई देखाउन खोजिएको सो फिल्ममा शशि विक्रम थापाको संगीत रहने छ भने शिबराम श्रेष्ठले फिल्मलाई खिच्नेछन् । फिल्मका गीतमा योगेश्वर अमात्य र मानव सुवेदीको स्वर रहने छ । फिल्मको आजैबाट सुटिङ पनि शुरू गरिएको छ ।