
नयाँ हिरोहरुको लिष्टमा सम्भावनाको पोको बोकेर थपिएका अनिल थापाको आज बर्थ डे परेको छ । उनीद्धारा अभिनित पहिलो फिल्म हेल्लो प्रकृति भदौ १ देखि रिलिज हुँदैछ भने उनले खेलेको दोस्रो फिल्म लक यस अघि रिलिज भईसकेको छ ।
काठमाण्डौ नेपालटारका रैथाने ह्याण्डस थापा अहिलेको अवस्थामा निर्देशक आलोक नेम्वाङका प्रिय मोडल पनि हुन् । आलोकको क्याम्पमा धेरै मोडलहरुको ईन्ट्री भएझै अहिले थापा उनको क्याम्पमा प्रवेश गरेका छन् जसले आलोकका चार वटा म्यूजिक भिडियोमा निरन्तर हिरो भएर अभिनय गरेका छन् । आजबाट कति उमेर काटियो त भन्ने फिल्मीखबरको प्रश्नमा मिस्टर थापाले भने, '२२ काटेर २३ ।'
अनिल जन्मिएको दिन हिजो हो तर सर्टिफिकेट लगायतका सम्पूर्ण डकुमेन्टमा उनको उमेर आजको मिति उल्लेख भएकाले उनले दुई दिन बर्थडे मनाएका छन् । 'केक हिजो नै काटेर खाईयो आज सवै तिरबाट शुभकामना लिदैछु', उनले फिल्मीखबरसंगको कुराकानीमा भने । संयोग पनि कस्तो मिठो भने भदौ एक गते देखि उनको पहिलो फिल्म हेल्लो प्रकृति रिलिज हुदैछ भने सोही दिन देखि सुटिङ सुरु हुने पद्धमिनी फिल्ममा उनी निशा अधिकारीको अपोजिटमा खेल्दैछन् । पद्धमिनीको सुटिङका लागि फ्लोरमा जानु अघि अहिले उनी हेल्लो प्रकृतिको मिडिया प्रोमोशनमा ब्यस्त छन् ।