Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजबल्लभसँग रविनाको बिहे होला त ?

अनुप भट्टराई, काठमाण्डौ, 2012/08/13

विगत एक बर्षदेखि उनीहरुको सम्बन्धको बारेमा मिडियामा चर्चा हुन थालेको थियो जस अनुरुप विभिन्न सार्वजनिक कार्यक्रममा पनि उनीहरुसँगै देखिए । बैङकर्स भए पनि अघोषित रुपमा फेसन र मनोरञ्जन दुनियासँग केही नजिक देखिएकी रविना देशराज श्रेष्ठको हिरो राजबल्लभ कोईरालासँग बिहे हुन सक्ने अनुमान फिल्मीखबरले गरेको छ ।


हुन त केही समय अघि फिल्मीखबरले रविनाको बारेमा बल्लभलाई प्रश्न गर्दा उनले भनेका थिए, 'के भयो त अरुको जस्तो सम्बन्ध त हाम्रो छैन ।' उनले त्यसो भन्नुको कारण थियो सम्बन्धको बारेमा उनको परिवारलाई समेत राम्ररी थाहा थियो र  अर्को सार्वजनिक रुपमा मिडिया वेट बनाएको उनीहरुको आफ्नै ब्यक्तित्व । जस अनुरुप हिजो राजबल्लभ अमेरिका प्रस्थान गर्ने समयमा पनि रविना एयरपोर्ट पुगेकी थिईन् जहाँ राजबल्लभको एक घनिष्ट  मित्र, उनका आमा बुवा र कलाकार निर्मला शर्मा पनि थिए ।


रविनाको राजबल्लभ प्रतिको आकर्षणले के देखाउँछ भने उक्त सम्बन्धको बारेमा राजबल्लभको परिवारले रविनालाई स्विकारिसकेको छ । डिभोर्स वुमन रविनाको १० बर्ष नाघेका छोरा पनि छन् । उनी केही बर्ष यता एकल जिवन विताउदै आएकी छिन् । राजबल्लभले रविनासँगको सम्बन्धको बारेमा सोसल साईटमा केही उल्लेख नगरे पनि रविनाले भने राजबल्लभसँगका उठबस बेला बखत फेसबुकमा पोष्ट समेत गर्ने गर्थिन् जस अनुरुप आईतबार राति १० बजे उनले बल्लभ अमेरिका प्रस्थान गरेको फोटो आफ्नै फेसबुक मार्फत सार्वजनिक गरेकी थिईन् ।


हलिउड हिरोको ट्याग पाईसेका बल्लभको यो सफलतालाई उनले फोटोसँगै 'अनईम्याजिनेवल' (कल्पना भन्दा बाहिरको) भनी लेखेकी पनि छन् । भोलिको दिनमा बल्लभले रविनासँगको दोस्तीलाई विवाहमा परिणत गर्छन् वा गर्दैनन् त्यो भोलिको कुरा तर आजको दिन सम्म यि दुईको यस किसिमको निकटताले यो प्रेम सम्बन्ध विवाहमा परिणत हुन धेरै समय नलाग्ने संकेत देखाएको छ । एयरपोर्टमा  विदाई हुने  बेलामा बल्लभसँग रविनाले हग गरेकी थिईन् भने बल्लभले जवाफमा लभ किस दिएको फिल्मीखबर श्रोतले जानकारी दिएको छ । यस्तै श्रोत अनुसार बल्लभ अमेरिका उड्ने बेलामा हर्षित थिए भने रविनाको आँखाबाट आँशु झरेको थियो ।